दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिले सदस्य खड्गबहादुर गिरीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।
समितिका अध्यक्ष चन्द्रबहादुर थापा र सचिव जनकराज पौडेलले शनिबार शोक वक्तव्य प्रकाशित गरी गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । रुपन्देही जिल्लाको मानपकडी निवासी गिरीको ८० वर्षको उमेरमा शनिबार (२०७९ जेठ १४ गते) मृत्यु भएको छ ।
उहाँ श्रमको सिलसिलामा भारतको दक्षिण भारत चेन्नइमा लामो समयसम्म रहनु भएको थियो र त्यहीँ मूलप्रवाह नेपाली एकता समाज र स्थानीय पार्टी समितिका विभिन्न जिम्मेवारीमा रहेर कार्यरत रहनु भएको थियो । मूल प्रवाहले गिरीको निधनबाट संगठनलाई अपूरणीय क्षति पुगेको बताएको छ ।