गुल्मीका अर्जुन सुनारको मूल प्रवाहको पहलमा दाहसंस्कार

हिसार । भारतको हरियाणा राज्यको तोशामस्थित खानकमा कार्यरत गुल्मीका युवक अर्जुन सुनारको निधन भएको छ । ३३ वर्षीय सुनारको जन्डिसका कारण उपचारको क्रममा बिहीबार निधन भएको हो ।

तोशाम खानकमा काम गर्दै आइरहेका अर्जुनको जेठ ३ गते (१७ मई) उपचारको लागि हिसारको अस्पतालमा भर्ना गरेपनि उनको जेठ १२ गते (२६ मई) निधनको थियो ।

अस्पतालको उपचारमा लागेको खर्च मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय वैकल्पिक सदस्य तारा सोमरे, भिवानी नगर समितिका सदस्य भुवन भण्डारी, चोपबहादुर पाण्डे, हिसार नगर समितिका उपाध्यक्ष बाबुराम शर्मा, सदस्य श्यामबहादुर विक, शुरेश क्षेत्री लगाएतका प्रतिनिधिहरुको पहलमा धेरै रकम छुट गराइएको प्रतिनिधि मण्डलका सदस्य भुवन भण्डारीले जानकारी दिनु भयो ।

अर्जुनको दाहसंस्कार बिहीबार साँझ नै मृतकका भाइ भोजु सुनार लगाएत आफन्तहरु र मूल प्रवाहका कार्यक्रताहरुको उपस्थिति गरिएको थियो।

अर्जुन गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बस्तुहर्रे सानिपोखरीका बाबुराम सुनारको छोरा हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार