पञ्जाबको नहरमा डुबेर दाङका दुई किशोरको मृत्यु, मूल प्रवाहद्वारा राहतको पहल

चंडिगढ । भारतको पञ्जाब राज्यको पटियालास्थित सामना नहरमा डुबेर दुई नेपाली किशोरको मृत्यु भएको छ । मृतक एकै परिवारका दाजुभाइ हुन् ।

दाङ देउखुरीको राप्ती गाउँपालिका–१ कालाकाटे घर भई हाल धर्मपुरबाजार पटियालामा परिवारसहित बस्दै आएका खुम बहादुर परियारका दुई छोराहरु विक्की परियार वर्ष १८ र बिशू परियार वर्ष १४ सामना भांगड़ा नहरमा बगेर दिनांक १७ मईमा मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पीडित परिवारलाई राहत दिलाउन पहल गरेको छ । सो क्रममा मूल प्रवाहले पीडित परिवारलाई सामान्य सहयोग समेत गरेको छ ।

मूल प्रवाहका केन्द्रीय सदस्य तिलक राज पौडेल, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, नगर अध्यक्ष विष्णु भुसाल लगाएत पीडित परिवारको घरमा पुगी ३ हजार ३८० रुपैयाँ प्रदान गर्नुभएको थियो ।

मूल प्रवाहले थप आर्थिक मद्दतको लागि पञ्जाबका मुख्यमन्त्री पञ्जाब, उपायुक्त पटियाला र भारतीय रेडक्रॉस सोसाईटी पञ्जाबलाई प्रार्थना पत्र दिनुका साथै स्वदेशमा राप्ती गाउँपालिकालाई सिफारिस गरी दैविक प्रकोप उद्धार कोषबाट मिल्ने सहयोग दिलाउन पहल गर्ने नगर समिति पटियालाले निर्णय गरी पहल सुरु गरेको केन्द्रीय सल्लाहकार प्रेम आचार्यले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार