बागलुङकी मिर्गौला पीडित देवीलाई मूल प्रवाहको सहयोग

जालन्धर । दुवै मिर्गौला खराब भएर उपचाररत बागलुङकी देवी नेपालीलाई मूल प्रवाहले आर्थिक सहयोग गरेको छ ।

जैमिनी नगरपालिका वार्ड न. १ गाउँ राम टोल निवासी हाल जालन्धरको सोढल इन्ड्रष्ट्रियल एरियामा बस्ने ५५ वर्षीया देवीको साढे दुई वर्षअघि दुवै मिर्गौला खराब भएपछि उपचारमा सबै सम्पती सकिएको छ ।

उहाँका पति तिल बहादुर नेपालीले आर्थिक अभावका कारण उपचारमा समस्या परेको जानकारी मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई दिनुभएको थियो । मूल प्रवाह जालन्धर नगर समितिले तत्काल आर्थिक संकलन गरी ६२ हजार ६५६ रुपैयाँ सहयोग गरेको हो ।

मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, परिषद सदस्यहरु लक्ष्मण खड्का, शुष्मा खड्का, जमुना गाहा, क्षेत्रीय सदस्य हिम प्रसाद सुनाम, नगर समितिका मधुकर भण्डारी, माधव खनाल, राजेन्द्र थापा, लक्ष्मी थापा, खेम बस्याल, चन्द्र बस्याल र मीना बस्याल लगाएतका कार्यकर्ताको सक्रियता तथा उपस्थिति सो रकम पीडितलाई हस्तान्तरण गरिएको केन्द्रीय सदस्य कुल बहादुर बगालेले बताउनु भएको छ।

पीडित देवी केही समय अघिसम्म मूल प्रवाह जालन्धरमा सोढल एरियाको सक्रिय सदस्य हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार