मूल प्रवाह केन्द्रीय सल्लाहकार जितमान थापा मातृशोकमा

जालन्धर । मूल प्रवाहका केन्द्रीय सल्लाहकार एवं सुदुर पश्चीमोत्तर क्षेत्रीय सदस्य जितमान थापा मातृ शोकमा पर्नुभएको छ । थापाकी ममतामयी आमा मेनुका सारु पाणिनी गाउँपालिका वार्ड- ६ धातिवाङ गाउँ बाढुंगा अर्घाखाँचीमा ८८ वर्षको उमेरमा दुखद निधन भएको बताइएको छ ।

बिक्रम संवत् १९९१ चैत्र १५ गते जन्मनु भएकि केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो र उपचार चलिरहेको थियो । अचानक स्वास्थ सुधारमा कमि आएको हुँदा वहाँका सबै छोराछोरी बुहारीहरु घरमै पुगिसकेको अवस्थामा आज अचानक आफ्नै घरमा २०७९ अषाढ १ गतेका दिन असामयिक निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

वहाँको दुःखद निधनप्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष ठाकुर खनालले भावपूणर् श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहोरो शोक समवेदना प्रकट गर्नुभएको छ । त्यसैगरि नगर समिति जालन्धरले पनि भावपूणर् श्रद्धाञ्जली अर्पित गर्दै शोकसन्तप्त परिवारमा गहोरो शोक समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार