चण्डीगढ । भारतको हरियाणा राज्यको अम्बालाबाट केही दिनपहिला रेस्क्यु गरिएकी १५ वर्षीया एक किसोरीलाई मूल प्रवाह अलि भारत नेपाली एकता समाज र अम्बाला पुलिसले नेपाल प्रहरीका एएसआई नारायण कटवालसहितको उपस्थितमा किसोरीका बुबालाई छोरीलाई सुम्पेको छ ।
किसोरीलाई गत महिना नेपालबाट ललाई फकाई ल्याएका युवक दिनेशको बारेमा थप अनुसन्धानमा लागेको अम्बाला पुलिस र नेपाल प्रहरीका अनुसार आरोपी दिनेशले अन्य १२–१३ जना युवतीलाई भारतमा ल्याएको पनि आशङ्का गरिएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका क्षेत्रीय सदस्य प्रेम रसालीले जानकारी दिनुभयो ।
किसोरीलाई अम्बालामा ल्याइएकोपछि अनुसन्धानमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अम्बाला नगर समितिका अध्यक्ष कमल सुवेदीको नेतृत्वमा धनबहादुर खडका, बाबुराम शर्मा र प्रेम रसालीले प्रहरीसँग लगातार सहकार्य गर्ने क्रममा २०७९ असार १० गते शुक्रबार किसोरीलाई नेपालबाट बुबा र प्रहरी बोलाएर हस्तान्तरण गरिएको हो ।