जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिती जालन्धरले भारतमा मृत्यु भएकी नेपाली बालिका खुशी छन्त्यालप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
मूल प्रवाह महिला विभागकी नगर सदस्य मनिषा छन्त्यालकी छोरी ११ वर्षीा खुशीको खेल्ने क्रममा जुन १६ तारिखका दिन दुर्घटनामा परी मृत्यु भएको थियो ।
सो घटनापछि मूल प्रवाहले स्थानीय प्रशासनलाइ खबर गरेको थियो । प्रशासनले घटनास्थलको जाँचबुझ गरी १७ तारिखका दिन आफन्तलाइ दाहसंस्कार गर्न अनुमति दिएको थियो ।
बालिकाको दाहसंस्कार मूल प्रवाहका कार्यकर्ताको उपस्थितीमा गरिएको थियो भने आज (आइतबार) शोक सभा राखेर मूल प्रवाहले बालिकाप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो ।
शोक सभामा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले, लक्ष्मण खड्का, शुष्मा खड्का, जमुना गाहा, दिल बहादुर गाहा, हिम प्रसाद सुनाम, तिल बहादुर थापा, सरिता सुनाम, अमित विक, सुनिता विक, खेम बस्याल, चन्द्र बस्याल राजेन्द्र थापा, लक्ष्मी थापा, सन्तोषी थापालगायत उपस्थित हुनुहुन्थ्यो ।
कार्यक्रमको सञ्चालन नगर समितिका उप सचिव तिल बहादुर थापा र अध्यक्षता हिम प्रसाद सुनामले गर्नु भएको थियो ।