१३ वर्षीया बालिकाले गरिन् पिताको अन्तिम संस्कार

चंडिगढ । मृत्यु संस्कारमा छोरीहरुप्रति अपनाइने दृष्टिकोण तथा सामाजिक कुसंस्कारलाई चुनौती दिँदै भारतको हिसारमा १३ वर्षीया बालिकाले पिताको शवमा मुखाग्नी दिएकी छन् । हिसारमा निधन भएका ४५ वर्षीय दिवान सिंहलाई छोरी प्रितीले मुखाग्नी दिएकी हुन् ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति हिसारका कार्यकर्ता, छरछिमेकी र इष्टमित्र सम्मिलित अन्तिम यात्रामा समावेश प्रितीले बुवाको शवमा मुखाग्नी दिएर अन्तिम बिदाइ गरेर छोरीप्रतिको सामाजिक दृष्टिकोणलाई चुनौती दिएकी छन् ।

नवलपरासीको बर्दघाट नगरपालिका–१६ कांग्रेस चौक निवासी मीन बहादुरका छोरा दिवान सिंह हिसारमा १४ वर्षदेखि फास्टफुड रेहडी चलाउँदै आएका थिए ।

उनी परिवारसहित हिसारमा बस्दै आएको मूल प्रवाहका केन्द्रीय नेता तारा सोमरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार