दुर्घटनापीडित सुनारको उपचारार्थ सहयोग गर्न मूल प्रवाहको आग्रह

खिमराज चालिसे,

हिसार । भारतको हरियाणा राज्यको टोहनामा सडक दुर्घटनामा गम्भीर घाइते भएका १७ वर्षीय विमल सुनारको उपचारार्थ सहयोग गरिदिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हिसार नगर समितिले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

विमलका बुबा बाबुराम सुनार पनि भारतमै भएपनि हाल सम्पर्कविहीन छन् । उनको उपचारका लागि मूल प्रवाह हिसारले हजार ६ सय रुपियाँ नगद सहयोग गरिसकेको छ । उपचारका लागि सो रकम अपर्याप्त भएकाले मूल प्रवाहले सर्वसाधारणसित सहयोगको अनुरोध गरेको हो ।

केही दिनपहिला सडक दुर्घटनामा विमलको खुट्टा भाँचिएको थियो । अहिलेसम्म उपचारमा करिब ८० हजार खर्च भइसकेको उनले बताए ।

हिसारस्थित चुरामणी अस्पतालमा भर्ना गरिएका विमलको मालिक पनि सामान्य ढाबा चलाउने नेपाली हुन् ।

प्युठान जिल्ला झिमरुक गाउँपालिका–१ सौतामारे निवासी विमलको बारेमा थाहा पाउनासाथ मूल प्रवाहका केन्द्रीय सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य केहरसिंह घर्तीमगर, हिसारका कार्यवाहक नगर अध्यक्ष बाबुराम पोख्रेल, नगर सदस्य सुरेश क्षेत्री, महिला नगर विभागकी संयोजक सीता पोख्रेलसहितको टिम अस्पतालमा पुगी आवश्यक जाँचबुझ गरेको हिसारबाट तारा सोमरेले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार