फुचुङ्ग्रीः– काका ! वर्षा लागेकै हो र ?
काकाः– हिलो चिफ्लो सडक देखें पछि पनि के सोधेकी, गरिबको छानो चुहिएर बेहाल छ,
फुचुङ्ग्रीः– वर्षामा बाबुरामको आँखा भनेको के हो नि ?
काकाः– हेहेहे… त्यो त फुटेको आँखा फेरि चाहियो भन्दैछन् ।
फुचुङ्ग्रीः– परिवर्तन हाम्रै पालामा भन्थे त ?
काकाः– पूँजीवाद र साम्यबादको बीचमा नयाँशक्ति खोज्दा खोज्दै आफ्नो आँखा गायब भएको पत्तै पाएनन् । गल्ति भयो समीक्षा गरौँ भन्दै थिए।
फुचुङ्ग्रीः– दशबर्षे जनयुद्धका मास्टरमाइन्ड प्रखर साम्यवादी नेता बाबुराम भट्टराई भनेर प्रचार गरिएको थियो त ?
काकाः- मसालले भारतको एजेण्ट भनेर पहिलै कारबाही गरेको काम नलाग्ने अवसरवादी मान्छे हुन् भन्ने सबैलाई थाहा छ । माओवादीबाट प्रधानमन्त्री भइसकेका छन् । अन्तमा म कम्युनिस्ट होइन भनेर सार्वजनिक रूपमा भनिदिए । पछि क्षेत्रीय विखण्डनकारी मधेसवादी दलहरुसँग घाँटी जोडेर आफ्नो अलिअलि बचेकुचेको साख पनि गुमाए । यतिबेला आफ्नो राजनीतिक अस्तित्वको लागि छट्पटाई रहेका छन्।
फुचुङ्ग्रीः- रवि लामिछानेको पनि रवीन्द्र मिश्रको जस्तै हालत हुन् हो कि ?
काकाः– नीति सिद्धान्त विचार कार्यक्रम बिनाको राजनीति टिक्दैन । भावनामा डुबुल्की मारेर गरिने राजनीति एक मनोरञ्जन मात्रै हो । साझा पार्टी र स्वतन्त्र पार्टी एउटै सिक्काका दुई पाटा हुन् ।
फुचुङ्ग्रीः– वर्षामा खोलेको पार्टी यस्तै हुन् रहेछ नी काका ?
काकाः– कुरा वर्षा र हिउँदको होइन, वर्गिय समाजमा वर्गिय राजनीति माइने राख्छ । बाबुरामसँग वर्गिय राजनीति थिएन, नयाँ शक्ति परिवर्तन हाम्रै पालामा भनेर कराएर हुन्छ र ? साझा पार्टी र राजेन्द्र लिंग्देलको परिवर्तनको गफ त्येस्तै छ । रवि लामिछानेको पनि खासै केही नयाँ छैन ।
फुचुङ्ग्रीः- नयाँ त हाम्रो छ, क्रान्ति हामीले गर्छौं भन्दै जागरण कलवका मान्छेहरू मसाललाई गाली गर्दै उफ्रिरहेका छन् त, के यिनीहरूले केही लछारपाटो लाउने होलान र काका ?
काकाः– उफ ! के के सोध्छे यो फुचुङ्ग्री पनि !