खिमराज चालिसे,
चंडिगढ, 12 जुलाइ 2022, भारतको हरियाणा राज्यको हिसारमा आज विहान करिव 6 बजे बैंक कलोनी नजिकको रेलवे फाटक निर रेललाईन पार गर्ने दौरानमा रेलवे लिखमा परि शंकर जीसी उर्फ टंक बहादुर जीसी वर्ष 58 ले ज्यान गुमाएका छन् ।
प्युठान जिल्ला झिमरुक गाउँपालिका वार्ड नम्वर ७ तुषार बस्ने टोप बहादुर जीसीको छोरा शंकर शंकर जीसी बैंक कलोनी हिसारमा बसोबास गर्दै मजदुरी गरेर जीवन निर्वाह गर्दै आइरहेका थिए । बिहानै रेलवे रेल लाईन पार गर्ने दौरानमा आइरहेको रेललाई ख्याल नगरेको हुदा दुर्घटना हुन गएको हो । मृतक शंकर जिसी उर्फ टंक बहादुर जिसी राजमो नेता नारायण जीसीका सहोदर दाजु तथा लुम्बिनी प्रदेश संसद तारा जीसीका जेठाजु हुन ।
उक्त दुखद घटना थाहा पाएपछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका वैकल्पिक सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्यद्वय केहर सिंह घर्ती मगर र नारायण बिक, हिसार नगर निवर्तमान अध्यक्ष नन्द बहादुर लम्तारी नगर सदस्य नारायण न्यौपाने र लाल बहादुर चुदाली लगाएतको टिम तत्काल घटनास्थल पुगी आवश्यक जाँचबुझ गरि रेलवे जिआरपि थानामा गएर आवश्यक कानुनी प्रकृया पुरा गरी मृतकका भाइ नारायण जीसीसँग सम्पर्क गरि शवको दाहसंस्कार गरिएको तारा सोमरेले बताउनु भएको छ ।
जिसी दाहसंस्कारमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पहलमा गरियो थियो । दाहसंस्कारमा प्रवासी संघ भारतका कार्यकर्ताहरुको पनि उपस्थिति रहेको थियो ।