अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–७ मालिका निवासी ४४ वर्षीय चिन्त बहादुर घर्ती भारतको कानपुरबाट सम्पकीविहीन भएका छन् ।
भारत उत्तर प्रदेश राज्यको कानपुरबाट गत जेठ २१ गते (४ जुन) देखि हराएका चिन्त बहादुरको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना फोकलप्वाइन्ट नगर समितिले खोजतलास सुरु गरेको छ ।
कानपुरमा मजदुरी गर्ने चिन्त बहादुर जुन ४ मा घर जान भनी हिँडेका तर आजसम सम्पर्कमा नआएको उनका परिवारले जनाएका छन् ।
सम्पर्कविहीन चिन्तबहादुरको बारेमा परिवारले मूल प्रवाह लुधियाना फोकलप्वाइन्टलाई जानकारी गराएपछि मूल प्रवाहले खोजी सुरु गरेको हो । उनको खोजी कार्यमा सहयोग गरिदिन सबैतिर आग्रह गरिएको नगर सचिव अर्जुन कार्कीले बताउनु भएको छ।
उनलाई कसैले देखे वा भेटेमा भारतमा नजिकको मूल प्रवाहको कार्यालय वा धन बहादुर घर्ती ०९१–८६९९९८६१६६ मा र नेपालमा नजिकको राष्ट्रिय जनमोर्चाको कार्यालय अथवा बिन्दु घर्ती ००९७७–९८४७३९५९६२ मा खबर गरिदिन मूल प्रवाह लुधियाना फोकलप्वाइन्ट नगर समितिले अनुरोध गरेको छ।