राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध अम्वालामा विरोध सभा सम्पन्न

अम्वाला । भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भर्खरै प्रतिनिधि सभाद्धारा पारित नागरिकता संशोधन विधेयक विरुद्ध भारत व्यापी “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका साथ सञ्चालन गरेको विरोध कार्यक्रमलाई निरन्तरता दिदै सुदुर पश्चिमोत्तर क्षेत्रको अम्वाला नगर समितिले विरोध सभा सम्पन्न गरेको छ ।

राष्ट्रघाती नागरिकता विधेयकले देशलाई फिजी बनाउने तर्क राख्दै महत्वपूणर् विचार राख्ने वक्ताहरुमा नगर समितिका गोपाल नेपाली, विनोद नेपाली र देविराम शर्मा हुनुहुन्थ्यो ।

कार्यक्रम धन बहादुर खड्काको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत मन्तव्य प्रेम रसालीले दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार