# तिलक राना,
हैदराबाद, २७ जुलाई । नागरिकता बिधेयक खारेज गर, मूल नाराका साथ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिको आयोजनामा विरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा रामप्रसाद पौडेलको अध्यक्षता तथा तिलक रानाले सञ्चालन गर्नुभएको थियो भने स्वागत भाषण कुमार थापाले गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौनधारणा गरिएको थियो । कार्यक्रममा प्रमुख अतित्थ्यता केन्द्रीय सदस्य कृष्ण बहादुर थापाले गर्नुभएको थियो । थापाले कार्यक्रममा बोल्दै देशमा राष्ट्रघाति विधेयक सांसदद्वारा पारित गरिएको छ । यसप्रकारको खुकुलो नागरिकता विधेयक लागु गर्ने हो भने नेपाली जनता अल्पमतमा पर्ने सम्भावना बताउँदै देश फिजिकरण हुने बताउनु भयो ।
देशमा रहेका ठुला दलहरूले विदेशिको आडमा आफ्नो कुर्सी बचाउने चलखेल भैरहेको राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज एक्यवद्धता प्रकट गर्दै राष्ट्रघाती नागरिकता विधेयक खारेजको माग गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाह दक्षिण हैदराबाद नगर समितिका अध्यक्ष वीर बहादुर विक, मध्य हैदराबाद नगर समितिका कोषाध्यक्ष राजु दुलाल, सदस्य बिकास परियार, सम्झना दुलाल, इस्वरा पौडेल, थान बहादुर क्षेत्री, महिला क्षेत्रीय विभाग कि गुमा राना र सिकन्दराबाद वि एरिया समितिका भानु बिसीले आ-आफ्नो मन्तव्य प्रकट गर्दै राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध एक्यवद्धता जाहेर गर्नुभएको थियो ।