
#खिमराज चालिसे,
कुरुक्षेत्र। मूलप्रवाह अखिल भारत नेपाली एकता समाज ले “राष्ट्रघाती नागरिकता विधेयक खारेज गर” भन्ने मूल नाराका हिजो भारत व्यापी रुपमा संसोधित नागरिकता विधेयक विरुद्ध विरोध कार्यक्रम सम्पन्न भएको छ।
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय समिति द्धारा संचालित कुरुक्षेत्र नगर समिति को आयोजनामा सम्पन्न कार्यक्रम मा प्रमुख अतिथि केन्द्रीय सल्लाहकार प्रेम आचार्यले संसोधित राष्ट्रघाती नागरिकता विधेयक को विषयमा व्यापक चर्चा गर्नु भएको थियो भने नगर उपाध्यक्ष हिरा बहादुर गुरुङ ले पनि सम्वोधन गर्नुभएको थियो।
कार्यक्रम एकदेव गौतमको अध्यक्षतामा तथा दुर्गा सोमैको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत भाषण द्धारा स्वागत ज्योती गुरुङ ले गर्नु भएको हो ।















