नागरिकता विधेयक विरुद्ध हिसारमा सभा सम्पन्न

हिसार । मूलप्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित हिसार नगर समितिको आयोजनामा राष्ट्रघाती नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न भएको छ ।

उक्त सभालाई मूलप्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले राष्ट्रघाती नागरिकता विधेयक खारेजीको लागी प्रवासबाट समेत आन्दोलन र दबाब दिनु पर्ने बताउनु भयो ।

केन्द्रीय परिषद सदस्य केयरसिंह घर्तीमगर, महिला विभागकि सिता पोख्रेल, नगर समितिका हुमाकान्त अधिकारी, कमला बगाले, शुरेस क्षेत्री लगाएतले सम्बोधन गर्नुभएको थिाये ।

बाबुराम पोख्रेलको अध्यक्षता, बिष्णु गौतमको सञ्चालन तथा स्वागत ओमप्रकास तिवारीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार