नवाशहरमा नागरिकता विधेयक विरुद्ध सभा सम्पन्न

नवाशहर । मूल प्रवाह सुदूर पश्चीमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित नवाशहर नगर समितिको आयोजनामा पनि विरोध सभा सम्पन्न भएको छ ।

सभालाई मूलप्रवाहका केन्द्रीय नेता दुर्गाबहादुर केसीले सम्वोधन गर्दै संसोधित राष्ट्रघाती नागरिकता विधेयकले देशको राष्ट्रिय पहिचान समेत गुम्ने बताउनु भयो । केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटा, क्षेत्रीय महिला विभागका शान्ता शर्माले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम तुलबहादुर रसाईलीको अध्यक्षतामा तथा युद्धबहादुर विकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत गंगादेवी रसाईलीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार