जम्मु । भारतस्थित नेपाली मजदुरहरु बिचमा अभिभावकिय भुमिका निभाउँदै आइरहेको मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी राष्ट्रघाती नागरिकता विधेयक खारेजीको माग गर्दै सभा गरेको छ । यसै सन्दर्भमा जम्मु कश्मीर राज्यको जम्मुमा पनि सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय परिषद सदस्य राम बहादुर गुरुङले सभालाई सम्वोधन गर्नु भएको थिजयो । सो विरोध सभामा संसदद्धारा पारित संशोधित राष्ट्रघाती नागरिकता विधेयकले पार्ने दुस्प्रभावहरु बारे व्यापक चर्चा गरिएको थियो ।