रामपुरको धारमा एरिया समिति गठन

रामपुर (हिमाचल) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर बुशहर नगर समिति अन्तर्गत धार एरिया समितिको गठन गरिएको छ । नगर सचिव चिन्त बहादुर पुन र नगर सदस्य सोहनलालको पहलमा सो एरिया समिति गठन गरिएको हो ।

जसमाः अध्यक्ष- सेर बहादुर, उपाध्यक्ष- सक्त्ती, सचिव- सरिता, कोषाध्यक्ष- सञ्जु भण्डारी रहनुभएको छ । त्यस्तै सदस्यमाः लेखराज, सोहनलाल, लिला, जंगवीर, विष्णु र जयप्रकाश रहनुभएको छ । त्यस्तै सल्लाहकारमा वोम बहादुर, सम्भु र रमेश खड्का रहनुभएको छ ।

नयाँ समितिलाई हिमाचल राज्य समितिका सदस्य सिताराम बुढाले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार