मूल प्रवाह हिसारको आयोजनामा प्रगतिशिल तिजी कार्यक्रम सम्पन्न

#खिमराज चालिसे

हिसार । “गणतन्त्र र राष्ट्रियता को रक्षा गरौं, भारत स्थित प्रवासी नेपालीहरुको मताधिकार तथा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरौं” भन्ने मूल नाराको साथ भारतमा मूल प्रवाह महिला विभाग हिसारले प्रगतिशिल तीजि कार्यक्रम हिजो सम्पन्न गरेको छ ।

मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले मोमवत्ती बालेर उद्घाटन गर्नुभएको थियो । वहाँले तिजी कार्यक्रमलाई सम्वोधन गर्दै तिजलाई प्रगतिशिल रुपान्तरण गर्दै वर्गिय आन्दोलनसँग जोडनु पर्ने धारणा राख्नु भएको थियो । त्यस्तै केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, मूल प्रवाह क्षेत्रीय सदस्य नन्द बहादुर लम्तरी, महिला क्षेत्रिय सदस्य सेती राना र नगर अध्यक्ष बाबुराम पोख्रेल लगाएतले शुभकामना दिनु भएको थियो ।

कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा सिता पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने महिला विभागको तर्फबाट स्वागत गितले प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार