जालन्धर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जालन्धर महिला विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न भएको छ । मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख अतिथित्वमा सम्पन्न भएको छ ।
उपाध्यक्ष कपिल खनालले तीजि कार्यक्रमको उद्घाटन गर्दै पुरुष प्रधान समाज र यो संरचनाको आमूल परिवर्तन विना महिलाहरुको हक अधिकारको बास्तविक संरक्षण हुन नसके पनि मूल प्रवाहले परम्परागत पर्वलाई प्रगतिशिल रुपान्तरण गर्ने कोशिस गरिरहेको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय वैकल्पिक सदस्य धन बहादुर गोर्खाली, मूल प्रवाह केन्द्रीय सल्लाहकार प्रेम आचार्य र जितमान थापा, परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का, महिला क्षेत्रीय सदस्य मिना बगाले, नगर सचिव तिल बहादुर थापा, महिला सदस्य कोपीला गोर्खालीको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम जमुना गाहाको सञ्चालनमा तथा संयोजक शुष्मा खड्काको अन्यक्षतामा सम्पन्न भएको हो भने स्वागत जुना विकले गर्नुभएको थियो ।
श्रीगंगानगर ।
एकता समाज श्रीगंगानगर नगर समितिद्वारा सञ्चालित महिला विभाग श्रीगंगानगरको आयोजनामा प्रगतिशील तीजि कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले कार्यक्रमको उद्घाटन गर्दै महिला अधिकार र प्रगतिशील तीजबारे प्रकाश गर्नुभएको थियो ।
केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय सदस्य गिरुप्रसाद न्यौंपाने, क्षेत्रीय सदस्य हुमबहादुर विक, विष्णु प्रसाद न्यौंपाने, सुनिता भट्टराई, बाग्मती केसी, कमल खडका, प्रेम विक लगायतले शुभकामना दिनुभएको थियो ।
रेशम भण्डारीको सञ्चालनमा तथा वसन्ता नेपालीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत बाग्मती केसीले गर्नुभएको थियो ।
रोपड ।
एकता समाज रोपड नगर समितिद्वारा सञ्चालित महिला विभाग रोपडको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ ।
महिला विभाग सुदूरपश्चिमोत्तर क्षेत्रीय संयोजक सिता सापकोटाले उद्घाटन गर्दै सबै महिलाहरु मूल प्रवाहको झण्डामुनी गोलबन्द हुँदै सशक्त संघर्ष गरेमा मात्र महिला मुक्ति आन्दोलनमा टेवा पुग्ने बताउनु भयो ।
समाजका केन्द्रीय सचिव तथा सुदूरपश्चिमोत्तर क्षेत्रीय अध्यक्ष प्रेम सापकोटा, क्षेत्रीय सदस्यहरु शिवलाल लामिछाने र खगी थापा, नगर अध्यक्ष ओम प्रकाश सापकोटा लगाएतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रम हरिकला कडेलको सञ्चालनमा तथा नगर संयोजक मन्जु थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत रुपा कार्कीले गर्नु भएको थियो।
चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिद्वारा सञ्चालित महिला विभाग चंडिगढको आयोजनामा तीजि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले उद्घाटन गर्दै तीजलाई प्रगतिशील रुपान्तरण गर्दै वर्गीय मुक्ति आन्दोलनसँग जोड्न पर्ने धारणा राख्नु भएको थियो ।
त्यस्तै क्षेत्रीय सदस्य जुना चालिसे, मूल प्रवाहका केन्द्रीय सदस्य तथा नेपाली समाचार संयोजक खिमराज चालिसे, केन्द्रीय सल्लाहकार प्रेम आचार्य, रक्तिम केन्द्रीय विभागका विनु नेपाली, जनजाति नेता थमन थापा, परिषद सदस्य मान बहादुर केसी, समताका अर्जुन विकको आतित्थ्यता एवं मतत्व्य दिनुभएको थियो ।
उक्त कार्यक्रममा महिला विभागबाट गीत तथा नृत्य प्रस्तुतपछि विभिन्न बाल प्रतिभाहरुको मञ्चमा प्रस्तुति रहेको थियो भने बाल कलाकार पवन विकलाई सम्मान गरिएको थियो ।
कार्यक्रम जमुना खनालको सञ्चालन तथा माया आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कुमारी थापाले गर्नु भएको थियो।
हिसार ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार महिला नगर विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम भव्य रुपमा सम्पन्न पारिएको छ । मूल प्रवाह केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तीज बारे प्रकाश पार्नु भएको थियो ।
त्यस्तै, केन्द्रीय परिषद सदस्य केहर सिंह घर्ती मगर, नारायण विक, मूल प्रवाह क्षेत्रीय सदस्य नन्दबहादुर लम्तरी, महिला क्षेत्रीय सदस्य सेती राना, नगर अध्यक्ष बाबुराम पोख्रेल, सिटी एरियाका ओमप्रकाश तिवारी, मलेसिया एकता समाजका पूर्व अध्यक्ष थमन श्रेत्री, राजमो सितगंगाकि कमला क्षेत्री, समता विभागका श्याम बहादुर विक, रक्तीमका योगेन्द्र दर्लामी, विद्यार्थीबाट रक्षा सोमारे, सीटीवीका मनबहादुर घर्ती मगर, ईन्डस्ट्रियल एरियाका बिष्णु गौतम लगाएतको आथित्यता रहेको थियो ।
कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा सिता पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत महिला विभागको तर्फबाट स्वागत गितले गरिएको थियो ।
लुधियाना ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्धारा सञ्चालित महिला विभागको आयोजनामा प्रगतिशिल तीजि कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य रामचन्द्र पौडयाल, सल्लाहकार राजकुमार शाही, केन्द्रीय परिषद सदस्यहरु उदय सिंह चन्द, अर्जुन कार्की, महिला विभाग क्षेत्रबाट दिपा चन्द, सिटि एरियाबाट पशुपती पोख्रेल, जनजाति नेता मान बहादुर आले, समताका भगत विक, नगरका धनप्रसाद अधिकारी, देविराम थापा, धन बहादुर घर्ती मगर, राजु पोख्रेल, खण्ड पाण्डे, सन्तोष, ममकला, लोकनाथ, हरिलाज्य, बसन्ती थापा लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम गोविन्द परियारको सञ्चालनमा तथा बिमला अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
अम्बाला ।
एकता समाज सुदूर पश्चिमोत्तर नगर समितिद्धारा सञ्चालित अम्बाला नगर समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय सदस्य तिलक पौडेलले करतार ध्वनीमा व्यानर खोलेर उद्घाटन गर्नुभएको कार्यक्रममा प्रगतिशिल तीजि कार्यक्रमको महत्व बारे प्रकाश पारिएको थियो ।
कार्यक्रम बाबुराम भुसालको सञ्चालनमा तथा कमल सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रेम रसालीले गर्नु भएको थियो।
सिरसा ।
एकता समाज सिरसा नगर समितिद्धारा सञ्चालित सिरसा महिला नगर विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा नगर अध्यक्ष अजित बुढा मगर, सचिव गोपाल सोनी, कोषाध्यक्ष शंकरलाल गौतम, सदस्यहरु सुरेश श्रीपाली, रबि सोनी, कमला सुनार, विना गौतम, रिता गौतम, निसु सोनी, गिता सोनी लगाएतले प्रगतिशिल तीजि कार्यक्रम बारे विचार व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम विजय कुमारको सञ्चालनमा तथा महिला नगर संयोजक कमला सोनीको अध्यक्षता सम्पन्न भएको हो।
संगरुर ।
एकता समाज संगरुर नगर समितिद्धारा सञ्चालित संगरुर महिला नगर विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ ।
मूल प्रवाहका क्षेत्रीय सदस्य तथा नगर अध्यक्ष खेमराज पोख्रेलले कार्यक्रमको उद्घाटन गर्दै प्रगतिशिल तीजको बारेमा विचार राख्नु भएको थियो । त्यस्तै अन्य वक्ताहरुमा मूल प्रवाह क्षेत्रीय सल्लाहकार बालसिंह विक, नगर सचिव राजु खनाल, हेमन्त मरासिनी, सरिता भुसाल, लक्ष्मी बिष्ट, आमा कमला खनाल र गढवाल सभाका गोदावरी सिंह राना र मंगल सिंह राना लगाएत हुनुहुन्थ्यो ।
कार्यक्रम राम प्रसाद खनालको सञ्चालनमा तथा महिला नगर संयोजक लक्ष्मी खनालको अध्यक्षता सम्पन्न भएको थियो भने स्वागत मञ्जु शर्माले गर्नु भएको हो ।
गोविन्दगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुरपक्षिम उत्तर क्षेत्रीय समिती अन्तर्गत गोबिन्दगढ नगर महिला बिभागले तीजि कार्यक्रम सम्पन्न पारेको छ ।
स्थानीय जन्झघर दशहरा गराउण्डको नजिकमा सम्पन्न उक्त कार्यक्रममा महिला विभागकी अध्यक्षता बिमला शर्माले र सन्चालन लाल बहादुर विकले गर्नु भएको थियो । ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौनधारण पछि शुरु भएको उक्त कार्यक्रममा सहभागिहरुलाई क्षेत्रीय समितिका सदस्य राम बहादुर ताम्राकारले स्वागत गर्नु भयको ।
एमएलए गुरबिन्दर सिंहले कार्यक्रमको विधिवत उद्घाटन गरेका थिए । महिला विभागका महिलाहरु कार्यकर्ताहरु लगायत उपस्थित महिला दिदी बहिनीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए ।