रोपडमा मूल प्रवाहको एरिया समितिको पुनर्गठन

रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रोपड अन्तर्गत रैलमाजरा एरिया समितिको पुनर्गठन भएको छ । नगर समितिका वरिष्ठ सदस्य श्यामबहादुरको विषेश उपस्थितमा एरिया समिति पुनर्गठन भएको हो ।

कार्यक्रममा नगर सदस्य श्याम बहादुरले संगठनात्मक पद्धति तथा विधानको विषयमा संक्षिप्त चर्चापछि १९ सदस्यीय एरिया समितिको प्रस्ताज गर्नु भएको थियो ।

समितिको अध्यक्षमा सिता गिरी, उपाध्यक्ष नरबहादुर मल्ल, सचिव राजेन्द्र गिरी, सहसचिव कल्पना गिरी र कोषाध्यक्षमा रुपा मल्ल रहनुभएको थियो । सदस्यहरुमा भोज बहादुर गिरी, झुपिराम बिएम, सतिदेवी मल्ल, बसन्त मल्ल, मिरा मल्ल, कमला परियार, आशा बिएम, विष्णु गिरी, लाल जिता बिएम, बैकल्पिक सदस्यहरुमा लक्ष्मी मल्ल, अजय गिरी, राजीव गिरी हुनुहुन्छ , त्यस्तै सल्लाहाकारमा श्याम बहादुर मल्ल रहनु भएको छ।

सो समिति गठन पश्चात तीजी कार्यक्रम पनि सम्पन्न गरिएको केन्द्रीय परिषद सदस्य छबिलाल सापकोटाले जानकारी दिनुभएको छ ।

भक्त बहादुर रानाको सञ्चालनमा तथा सतिदेवी मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सिता गिरीले स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार