जम्मुकश्मीर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज जम्मु कश्मीर अन्तर्गत महिला विभाग गठन गरिएको छ । मूल प्रवाह जम्मु कश्मीर नगर संगठन समितिको आयोजनामा सम्पन्न भेलाले महिला नगर विभागको गठन गरेको हो ।
मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा विभिन्न समसामयिक विषयहरुमाथि व्यापक छलफल गरिएको थियो ।
भेलाले हिमा घर्ती मगरको संयोजकत्वमा ९ सदस्यीय जम्मु कश्मीर महिला नगर विभागको गठन गरिएको गरेको हो । विभागको सदस्यहरुमा माया गुरुङ, यमी सुनारी मगर, रेश्मा थापा, कमला देवी, गंगा देवी, सुनिता थापा, आस्था कुमारी रहनुभएको छ भने एक स्थान रिक्त राखिएको छ । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य कुल बहादुर बगाले र केन्द्रीय सल्लाहकार प्रेम आचार्यको पनि आतिथ्यता रहेको रहेको थियो ।