पक्षघातले असक्त भएका नेपालीलाई मूल प्रवाहको सहयोग

रामपुर, हिमाचल । चामुण्डा विन्द्रासैनी १ चापागाउँ दैलेख निवासी पुरन बहादुर रोजीरोटीको खोजीमा भारतको हिमाचल राज्यको सिमला जिल्ला भित्र पर्ने रामपुरको थानेधार कोटघर, डावीगाउँमा स-परिवार पुगेका र खेती तथा बागवानी काममा मजदुरी गरेर जीवनयापन गर्दै आईरहेका थिए ।

एक दिन पुरन बहादुरलाई पक्षघात भएकोले बिस्तरा छोपेर आफन्त नेपाली-दाजुभाईको सहयोगमा उपचार गरे तर पूणर्रूपमा निको भएनन् । पुरन बहादुर शारीरिक रूपमा असक्त भएकोले काम गर्न असमर्थ रहे । उनको यो अवस्था देखेर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समितिद्वारा सञ्चालित धानेधार एरिया समितिले भा.रु. १०,०२०/- (दश हजार बिस) आर्थिक संकलन गरि स्वदेश पठाएको छ ।

उक्त कार्यमा एरिया अध्यक्ष सेर बहादुर र सदस्य सोहन लालको पहल कदमी एवं हिमाचल राज्य उपाध्यक्ष एवं नगर अध्यक्ष सिताराम बुढाको उपस्थितिमा पुरन बहादुरको भिनाजु काशीरामलाई सो रकम हस्तान्तरण गरि नेपाल पठाइएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार