लाल बहादुर बिकलाई प्रवासबाट मूल प्रवाहले गर्यो विदाई

#खिमराज चालीसे,

गोविन्दगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिद्धारा सञ्चालित मण्डिगोबिन्दगढ नगर समितिका सचिव लाल बहादुर बिकलाई मूलप्रवाहले प्रवासबाट विदाइ गरेको छ ।

१९९४ मा तत्कालिन एकता समाजको सदस्यता लिएर विभिन्न जिम्मेवारी निभाउँदै आउनु भएका लाल बहादुर विकलाई नगर समितिका कोषाध्यक्ष तारा बहादुर जिसिले दोसल्ला ओढायर सम्मान गर्दै वहाँको योगदान बारे प्रकाश पार्नु भएको थियो । नगर समितिका हुकुम केसी, रतन बिक, बिस्नुसेन, खिम सुनार, गोपाल बिक, सुरेश परियार, महिला बिभागका वसन्ता बिक, माया बिक, साबित्रा परियार, बिमला शर्मा, मिना सुनार, कल्पना बिक, पुणर्िामा बिक, बिष्णु बिक लगाएतले अबिर फुलमाला लगाई सम्मान गर्नुको साथै शुकामना दिनुभएको थियो ।

गुल्मी जिल्लाको मदाने गाउँपालिका वार्ड न ७ भनभने टिमुरखर्कस्थित विकट दलित वस्तीमा जन्मनु भएका लाल बहादुर बिकले विदाइ समारोहमा बोल्दै मूल प्रवाहको विश्व विद्यालयमा सिकेको शिक्षालाई नेपालमा चल्ने जनतान्त्रिक आन्दोलनमा खर्चिने र आमुल परिवर्तनको लडाइमा आफु निरन्तर होमने बताउनु भएको थियो ।

कार्यक्रम बिमला शर्माको अध्यक्षतामा तथा राम बहादुरको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार