दुर्घटनामा मृत्यु भएका नेपालीको आफन्त खोज्दै मूल प्रवाह

खिमराज चालीसे,

चंडिगढ । भारतको चंडिगढमा सडक दुर्घटनामा परि मृत्यु भएका नेपालीको खोजि गर्न मूलप्रवाह अखिल भारत नेपाली एकता समाजले आग्रह गरेको छ ।

हरियाणा तथा पंजावको राजधानी चंडिगढमा सडक दुर्घटनाबाट गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको हो ।
चंडिगढ सेक्टर ३४ थानाका एएसआइ जय महाबीर सिंहका अनुसार १३ सेप्टेम्वर राती सेक्टर २०–३३ को डिवाइडिङ रोडमा दुर्घटनामा परि गम्भीर घाइते भएका थिए ।

नेपाली जस्तै देखिने अन्दाजी ४५–४६ बर्षीय घाइते व्यक्तिको नजिकैको सेक्टर ३२ जीएमसिएच अस्पतालमा भर्ना गरिएको थियो ।
गम्भीर घाइते भएका नेपालीको स्वास्थ्यमा सुधार हुन नसकेको र घटनाको भोलीपल्ट १४ सेप्टेम्वर निधन भएको बताइएको छ।

मृतकको सनाखत हुन नसके पछि उनका आफन्तहरुको खोजीमा मूलप्रवाह लागेको हो ।

उनको बारेमा जानकारी भएमा सेक्टर ३४ थानामा जय महाबीर सिंह ६२३९९०६७४७ वा खिमराज चालीसे ८९६८५०३०५० लाई सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार