लुधियाना । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज लुधियाना नगर समितिद्वारा सञ्चालित रक्तिम विभागको चौथो भेला सम्पन्न भएको छ ।
मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष हिरा सिंह चन्दको प्रमुख आतिथ्यता सम्पन्न भेलाले रक्तिम विभाग पुनर्गठन गरेको छ ।
भेलाले विभिन्न समसामयिक विषयमा चर्चा परिचर्चा पछि अर्जुन कार्कीको संयोजकत्वमा १५ सदस्यीय रक्तिम विभाग लुधियाना गठन गरेको छ ।
सदस्यहरुमा बसन्त थापा, हिक्मत परियार, नारायण पोखरेल, सन्तु विक, नर बहादुर विक, भक्त विक, निर्मल आउजी, राज कुमार शाही, राज कुमार अधिकारी, जनक रिजाल, हरि केसी, धन प्रसाद अधिकारी रहनुभएको छ भने एक रिक्त राखिएको छ ।
भेलालाई हिरा सिंह चन्द, उदैसिंह चन्द, राज कुमार शाही र राज कुमार अधिकारीले शुभकामना दिनु भएको मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य रामचन्द्र पौड्यालले बताउनु भएको छ ।