सुदुर पश्चिमोत्तर क्षेत्रमा मूलप्रवाहको ४४ औ स्थापना दिवश मनाइयो।

खिमराज चालिसे चंडिगढ।
7 नोवेम्वर 2022, भारतस्थित नेपालीहरुको अभिभावक संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो ४४ औ स्थापना दिवश भारत व्यापी रुपमा विविध कार्यक्रम सहित मनाइ रहेको सन्दर्भमा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रका विभिन्न नगरहरुमा पनि स्थापना दिवशका कार्यक्रम सम्पन्न भएका छन।
जालन्धर
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको जालन्धर नगर समितिको आयोजनामा संगठनको ४४ औं स्थापना दिवशको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रममा मूल प्रवाह को ऐतिहासीक र गौरवमय यात्रालाइ केन्द्रीत गर्दै विचार राख्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय बैकल्पिक सदस्य धन बहादुर गोर्खाली, केन्द्रिय परिषद सदस्य लक्ष्मण खड्का र शुष्मा खड्का, वासुदेव पौडेल, गिर बहादुर रसाइली, राम बहादुर दर्लामी, मीना गाहा, मीना थापा, मीना बगाले, लाल बहादुर थापा लगाएतले मूल प्रवाहको स्थापना को बारेमा प्रकाश पार्नु भएको थियो।
कार्यक्रम नगर सचिव तिल बहादुर थापा मगरको सञ्चालनमा तथा नगर अध्यक्ष जितमान थापाको अध्यक्षतामा सम्पन्न भएको हो भने स्वागत धन बहादुर गोर्खालीले गर्नु भएको थियो।

हिसार
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिको आयोजनामा मूल प्रवाहको ४४ औ स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रमलाई केन्द्रीय परिषद सदस्य नारायण बिक, महिला क्षेत्रीय सदस्य चन्द्रा सोमरे, मलेसिया नेपाली एकता समाजका पुर्व अध्यक्ष थमन बिसि, कमला बगाले, श्याम बहादुर बिक लगायतले आ-आफ्ना बिचार राख्नु भएको थियो।
कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षतामा तथा केहरसिंह घर्तीमगरको संचालनमा सम्पन्न भएको थियो भने स्वागत कमला बगालेले गर्नु भएको थियो।

संगरुर
मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रिय समितीद्धारा संचालित संगरुर नगर समितिको आयोजनामा पनि मूल प्रवाह को ४४ औ स्थापना दिवशको कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा मूल प्रवाहको महत्वपुर्ण भुमिका बारे चर्चा गर्दै बोल्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य वुद्धीराम आचार्य, हेमन्त मरासिनी, लिलाराम पान्डे, रुमा भुसाल, सरिता शर्मा, गंगा आचार्य, लक्ष्मी विष्ट र विन्दु मरासिनी लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम नगर अध्यक्ष खेमराज पोख्रेलको अध्यक्षतामा तथा राजु खनालको संचालनमा सम्पन्न भएको हो भने स्वागत सरिता भुसालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार