खिमराज चालिसे, चंडिगढ ।
भारतको चंडिगढमा अलपत्र अवस्थामा पुगेका एक नेपाली मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलगायत विभिन्न संघसंस्थाको सहयोगमा घर फर्किएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ रामनगर घर बताउने ५७ वर्षीय मानबहादुर दमाई (भानुप्रताप) बेखर्ची भएर चंडिगढमा भौँतारिरहेका थिए । अलपत्र अवस्थामा भेटिएका मान बहादुरलाई मूल प्रवाहले विभिन्न संघसंस्थाहरुको सहयोगमा नेपाल पठाएको हो ।

मान बहादुर केही समय अगाडि मजदुरी गर्न भनि भारतको चंडिगढ पुगे पनि कसैसँग चिनजान नभएका कारण फुटपाथमा सुत्ने र अरुले दिएको खाना खाएर गुजारा चलाउँदै आएका थिए ।

मान बहादुरलाई आज (कात्तिक २३ गते) सगरमाथा टुर एण्ड ट्रावल्स चंडिगढमार्फत बस भाडा र खानाखर्चसहित बुटबलसम्म पठाइएको छ ।

साथै, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, समाजसेवी नरेश श्रेष्ट, मोतिराज र सगरमाथा ट्रावल्स चंडिगढका स्टापहरुले मिलेर रकम २ हजार ८८० रुपैयाँ नगदसमेत सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार