मूल प्रवाहद्वारा कमलसिंह राईको उपचारार्थ सहयोग

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढ नगर समितिले डायबिटिज रोगले खुट्टा इन्फेक्सन भएर पीडित कमलसिंह राईलाई उपचारका लागि सहयोग गरेको छ ।

४८ वर्षीय राईलाई मूल प्रवाहले १३ हजार ७६० रुपैयाँ नगदसहित करिब पाँच हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको हो ।

भोजपुर जिल्लाको साविक मालबारे–९ पात्लेपानी निवासी शेरबहादुर राईका छोरा कमल परिवारसहित चंडिगढको मनिमाजरा शान्तिनगरमा भाडाको डेरामा बस्दै आएका छन् । राइले डायबिटिज इन्फेक्सनका कारण खुट्टामा समस्या देखिएपछि सेक्टर ३२ को सरकारी अस्पतालमा सर्जरी समेत गराएका थिए ।

उनका दुई सन्तानहरू पढाइमा रहेको र श्रीमतीले उनलाई रेखदेख गर्नुपर्ने भएको कारणले विगत चार महिनादेखि बेरोजगार भएको हुँदा उनलाई समस्या परेपछि मूल प्रवाहसँग सहयोगको आग्रह गरेका थिए ।

मूल प्रवाह चंडिगढ नगर समितिले एक कार्यक्रम आयोजना गरी उनलाई नगद १३ हजार ७६० रुपैयाँसहित मूल प्रवाह नगर सदस्य प्रेम गुरुङ, सगरमाथा ट्रावल्स चंडिगढका गोपाल बन्जाडे र दिपक खड्काले दिएको खाद्यान्न पनि हस्तान्तरण गरिएको हो ।

मूल प्रवाह नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता र केन्द्रीय सदस्य खिमराज चालिसेको सञ्चालनमा सम्पन्न कार्यक्रममा केन्द्रीय सल्लाहकार प्रेम आचार्य, क्षेत्रिय सल्लाहकार जुना चालिसे, महिला नगर संयोजक माया आचार्य, सदस्य कुमारी थापा, विद्यार्थी नेता बिष्णु बेल्बासे र माधव पोख्रेल, नगर सहसचिव थानेश्वर पान्डे, नगर सदस्य थमन थापा, पुरन थापा, प्रेम गुरुङ, सरस्वता भुसाल, र एरिया समितीका सुनिता, टोप बहादुर, देवी थापा लगाएतका नेता कार्यकर्ताहरूको उपस्थित थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार