चंडिगढ । भारतको चंडिगढमा चल्दै गरेको बसबाट खसेर दुई जना नेपालीले ज्यान गुमाएका छन् ।
दाङ जिल्लाको राजपुर गाउँपालिका–७ भौवानाका ४५ वर्षीय जमानसिंह गुरुङ र २३ वर्षीय चेतमान बुढाको बसबाट खसेर मृत्यु भएको हो ।
गएराति बस यात्राको दौरान चंडिगढ–हिमांचल रोडमा चल्ती बसबाट खसेर उनीहरु गम्भीर घाइते भएका थिए । दुवै जनाको आज चंडिगढस्थित पिजीआई अस्पतालमा उपचारको दौरान निधन भएको मृतकका आफन्तहरु शुभाष बुढा र इन्द्र बहादुर बुढाले जानकारी दिनुभयो ।
घटनापछि रोशन पुनले घाइतेहरुलाइ पिजीआई अस्पतालमा पुर्याएका थिए । दुवै जनाको उपचारका लागि समाजसेवी मिना पोख्रेल र जिबि गुरुङले पहल गर्नु भएको थियो ।
दुवैको टाउकोमा गम्भीर चोट लागेको र समयमा अस्पताल पुर्याउन नसकेर मृत्यु भएको आफन्तले बताएका छन् ।
मृतक दुवै जनाको शव आज पिजीआईमा पोष्टमार्टम पश्चात इन्द्र बहादुर बुझेका छन् । दुवै शव नेपाल लगिएको छ ।