दूर्घटनामा ज्यान गुमाउनेहरुको पक्षमा न्यायीक लडाइमा मूल प्रवाह

खिमराज चालीसे

भटिण्डा । भारतको पंजाब राज्यको मुक्त शहरको बठिन्डा वाइपास अर्जुन प्लेसको नजिक बजारमा सामान किन्न पैदल हिडिरहेका सात जना नेपाली श्रमीकहरुलाई पछाडिबाट तिब्रगतीमा आएको DL9AE 1685 नम्वरको ईनोवा कारले टक्कर दिंदा मृत्यु भएका तिन युवक र चार घायलहरूका परिवारहरूलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले न्यायीक लडाई शुरु गरेको छ।

घटनाको जानकारी पाउनसाथ घटनास्थल पुगेको मूल प्रवाह अभानेएस नगर समिति बठिण्डाको प्रतिनिधि मण्डल पुलीस थाना र मृतकका आफन्तहरुको विचमा लगातार तिनदिनदेखि सहकार्य तथा सहयोगमा खटिएको छ ।

मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओली, नगर समितिका टेक बहादुर केसी, नारायण केसी, बालाराम जीसी, पप्पु केसी, गिरी बहादुर मगर र खिम बहादुर घर्ती लगाएत रहेको सो प्रतिनिधि मण्डल र मृतकका आफन्तहरुलाई आरोपीका आफन्तहरूले नेपाली श्रमीकहरुलाई अत्यान्तै तुच्छ प्रकारले सम्झौता गर्न लगातार दवाव दिएर चारपाच लाख रुपैयाँमा सहमती गराउने कोशीस गरे पछि मूल प्रवाहको सुझावमा मृतकका आफन्तहरुले कानुनी लडाइ लडने दृढता व्यक्त गरेको मूल प्रवाह केन्द्रीय सदस्य नर बहादुर ओलीले बताउनु भएको छ ।

सो घटनामा तिन जनाको घटना स्थल मै मृत्यु भएको थियो भने चारजना घाइते भएका थिए । मृत्यु हुनेहरुमा सन्तोष थापा वर्ष २० रुपन्देही जिल्लाको कंचन गाउँ पालीका वार्ड नम्वर ३ रुद्रपुर निवासी खुमानसिंह थापाको छोरा हुन् । अर्का मृतक रोहित आचार्य वर्ष १८ पर्वत जिल्ला को वियादी गाउँपालिका वार्ड नम्वर ३ घर भई हाल बुटबल उपमहानगरपालीका ११ मजुवा बस्ने सुनिल आचार्य र राज कुमारी आचार्यको छोरा हुन् । त्यसैगरि तेश्रो मृतक दिलन राना वर्ष १८ अर्घाखाँची जिल्लाको छत्रकोट गाउँपालिका वार्ड नम्वर २ घर भई हाल बुटबल उपमहानगरपालीका वार्ड नम्वर ८ सुख्खानगर निवासी गणेश राना र रेनु रानाका छोरा हुन् ।

दुर्घटनामा घाइते हुनेहरुमा बुटबल उपमहानगरपालीका मिलनचौक निवासी रामु थापाको छोरा रोहित थापा वर्ष २०, बुटबल उपमहानगर पालीकाका गंगा चौहानका छोरा समीर चौहान वर्ष १९, बुटबल ईटाभट्टीका रामप्रित चौहानका छोरा आकाश चौहान वर्ष २२ र बुटबल उपमहानगर पालीकाका कुनाल सुनार वर्ष २८ रहेका छन् ।

मृतकहरुको पोष्टमार्टम पश्चात प्रशासनले हस्तान्तरण गरेका तिनबटै शवहरु १० जनवरी २०२३को साँझ परिवारका आफन्तहरूले नेपाल लगेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार