हिमाचलमा बेवारिसे शवको मूल प्रवाहद्धारा दाहसंस्कार

खिमराज चालीसे

रिकङपियो । भारतको हिमाचल राज्यको रिकाङपियोमा प्रशासनले वेवासिसे अवस्थामा फेलापारेको नेपाली श्रमिकको आफन्तको खोज तलास पछि १४ जनवरीको शवको दाहसंस्कार गरिएको छ ।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रिकाङपियोलाई स्थानीय प्रशासनले मृतकको बारेमा दिएको जानकारीको आधारमा खोजतलास पछि मृतकका छोरा हिमाचलमा सम्पर्कमा आएपछि शवको दाहसंस्कार गरिएको थियो । मृतक ६० वर्षिय पासाङ धावा सिन्धुपाल्चोक जिल्लाको भएको जानकारी मिले पनि उनको पुरा ठेगाना पाउन सकिएको छैन । स्मरण रहोस हिमाचल राज्यमा वर्षौंदेखि कामगर्दै आइरहेका तर नेपालको स्थायी ठेगाना बताउन नसक्ने नेपाली श्रमिकहरु पनि अत्यधिक छन् ।

मृतक पासाङ धावाको दाहसंस्कारको लागि मूल प्रवाह नगर सचिव मिथुन सिंह, सहसचिव रन बहादुर तामाङ, सदस्यहरु तारा चन्द, ओमप्रकाश र रतन लगाएतको पहलमा संस्कारमा उपस्थित सबै श्रमिक नेपालीहरुले नेरु ८८८० आर्थिक संकलन गरि मृतक पासाङ धावा का छोरालाइ हस्तान्तरण गरिएको नगर सचिव मिथुन सिंहले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार