खिमराज चालिसे
हिसार । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्धारा सञ्चालित सिटि एरिया समिति “बि” अन्तर्गत रामपुरामा नौ सदस्यीय टोल समिति गठन गरेको छ।
मूल प्रवाहका केन्द्रीय बैकल्पिक सदस्य तारा सोमरेले मूल प्रवाहको बिधान, घोषणा पत्र लगाएत समसामयिक विषयहरूमा प्रशिक्षण दिएपछि गठन गरिएको सो टोल समितिको अध्यक्षमा किसन क्षेत्री, सचिवमा लेखनाथ अधिकारी, कोषाध्यक्षमा मनिराम भाट क्षेत्री, सदस्यहरुमा कमला क्षेत्री, लक्ष्मी क्षेत्री, सुरज बेल्बासे, शंकर भाट क्षेत्री, थमन क्षेत्री र एक स्थान रिक्त राखिएको छ ।
नवनिर्वाचित समिति लाइ क्षेत्रीय महिला विभाग सदस्य चन्द्रा सोमारेले शुभकामना दिनु भएको थियो।
कार्यक्रम कमला बगालेको सञ्चालनमा तथा कमला क्षेत्रिको अध्यक्षता सम्पन्न भएको थियो।