हिसारको ऋषिनगरका नेपाली मूल प्रवाहमा संगठित

खिमराज चालिसे,

चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिसार नगर समितिद्वारा संचालित सिटी एरिया समिति ‘बी’ अन्तर्गत ऋषिनगरका नेपालीहरु संगठित भएका छन् । प्रवासी मजदूरहरुको एक भेलाले मूल प्रवाहको टोल समिति गठन गरेको हो ।

बाबुराम भाट क्षेत्रीको अध्यक्षतामा गठन भएको नौ सदस्यीय टोल समितिको सचिव हरि क्षेत्री, कोषाध्यक्ष राम बहादुर परियार र सदस्यहरुमा धन बहादुर भाट क्षेत्री, लक्ष्मण घर्ती मगर, शिवकला भाट क्षेत्री, पवित्रा घर्तीमगर र मनकला भाट क्षेत्री रहनु भएको छ ।

कार्यक्रममा मूल प्रवाहका वैकल्पिक केन्द्रीय सदस्य तारा सोमरेले मूल प्रवाहको विधान तथा घोषणापत्रमाथि प्रकाश पार्नु भएको थियो ।

भेलामा मलेसिया नेपाली एकता समाजका पूर्वअध्यक्ष थमन क्षेत्री र राष्ट्रिय जनमोर्चा, अर्घाखाँची सितगंगा नगरपालिकाकी सदस्य कमला क्षेत्रीको पनि आथित्यता रहेको थियो ।

भेला कमला बगालेको सञ्चालन र धन बहादुरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार