धर्मराज शर्मा
कोट्टयाम (केरला) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिले ‘राष्ट्रियता गणतन्त्र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयताको खारेज गरौं’ भन्ने मुल नारा सहित राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको कार्यक्रमप्रति ऐक्यबद्वता जनाएको छ ।
कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य दिल्ली प्रसाद शर्माको प्रमुख अतित्थ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले देशको समसामयीक राजनीति बारे प्रस्टाउँदै भन्नू भयो- ‘२०७४ सालमा ओली सरकारलाई बामपन्थि गठबन्धनबाट करिब दुईतिहाईको स्थिर सरकार बनाउन सहयोग गर्यो तर आफ्नो पार्टिभित्रको समस्या समाधान गर्न नसकेर दुईदुई पटक संसद बिघटन गरेर देशलाई प्रतिगमनतिर लैजाँदै नेपाली जनताहरुले कैयौ आन्दोलन र रगत बगायर प्राप्त गरेको संविधान नै समाप्त पार्ने दुस्प्रयास गरे । छँदाछँदैको सरकार बिघटन गर्नु पर्ने आवश्यकता नै थिएन ।’ शर्माले भन्नु भयो- ‘वर्तमान सरकार पनि स्थिर सरकार छैन ।’
सिमन्ट बालुवा र रड उपयोग गरेर बनाएको घर जत्तिको मज्बुत हुन्छ, त्यती कै मजबुत र श्रमजिबिबर्गको समस्या समाधान गर्ने सरकार बनाउन प्रवासीयका सबै श्रमजिवीहरु एक भएर संगठित आन्दोलनहरुमा सरिक हुनुपर्ने शर्माको भनाई थियो ।
वर्तमान सरकारका काँचको बनेको छ, कसैले औंलाले चिट्कीनी हान्ने वित्तीकै चक्नाचुर हुने शर्माको थप भनाई थियो ।