मूल प्रवाहको कटपन्ना एरियाको 15 औं सम्मेलन सम्पन्न

धर्मराज शर्मा
कोट्टयाम, केरला 19 मार्च 2023 मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिती अन्तरगत पर्ने कटपन्ना एरिया समितीको 15 आंै सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

राम बहादुर के.सी.को अध्यक्षता र धन प्रसाद पौडेलको संचालनबाट अगाडि बढेको उद्घाटन कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा र कोट्टयाम महिला नगर विभागबाट दुर्गा शर्माको आतिथ्याता रहेको थियो । ज्ञात अज्ञात सहिदहरु प्रती एक मिनट मौन धारण पछि उपस्थित जनसमुदायलाई हरि पान्डेले स्वागत गर्नु भएको थियो ।

सम्मेलनको उद्घाटन प्रमुख अतिथी धर्मराज शर्माले मैनबत्ती प्रज्वलन गरि गर्नु भयो । शर्माले आफ्नो उद्घाटन मन्तव्यमा ”प्रवासी नेपालीहरुको लागि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले हर दुख्ख सुखमा साथ दिएको हुनाले अभिभावकिय भुमिका स्थापित गर्न सफल भएको छ। यसले भारतमा नेपालीहरू माथी हुने अन्याय अत्याचार मात्र हैन, नेपालीहरूको मुक्तीको लागि राजनैतिक चेतना जगाउदै आमुल परिवर्तनको काम गर्दै आएको छ । आमुल परिवर्तन बिना हामी शोसित पिडीत नेपालीहरूको मुक्ती सम्भव छैन त्यसैले प्रवाहको रक्तरंजीत झन्डामुनि गोलबन्द हुनु पर्दछ“ भन्नु भयो ।
सम्मेलनले राम बहादुर के.सी.को अध्यक्षतामा 15 सदस्यीय कटपन्ना एरिया समितिको चयन गरेको छ । जसमा उपाध्यक्ष दुर्गा शर्मा, सचिव ऋिषी सापकोटा, सहसचिव हरि पान्डे, कोषाध्यक्ष नेत्र पौडेल, सदस्यहरुमा कलाधर शर्मा, राजु आचार्य, मिना सापकोटा, धन प्रसाद पौडेल, बिरेन्द्र पौडेल, रमेश चापागाई, हरि पौडेल, प्रेम गौतम, कल्पना शर्मा र मुकुन्द पौडेल रहनु भएको छ ।

नवनिर्वाचित समितिलाई जगन्नाथ पौडेल, हेमन्त के.सी. दिलनाथ शर्मा, सरस्वती के.सी., शारदा शर्मा, राधा के.सी., कल्पना शर्मा, हरि पौडेल, राजेश पराजुली, नेत्र पौडेल, लेखनाथ पौडेल, अर्जुन शर्मा, झरना शर्मा, शिव शर्मा, नवीन के.सी., कृष्ण रेग्मी, कलाधर शर्मा, राजु आचार्य, मिना सापकोटाले सफलताको शुभकामना दिनुभएको थियो।

सम्मेलन घोषणा सभा कलाधर शर्माको अध्यक्षता र धन प्रसाद पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार