धर्मराज शर्मा,
कोट्टयाम, केरला २ अप्रिल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समिति अन्तरगत पर्ने कायमकुलम, माबेलीकरा, चेट्टिकुलंगारा र हरिपाड गरि पाँच वटा एरिया समितिहरुको सँयुक्त सम्मेलन सम्पन्न पारिएको छ ।
दिल बहादुर रानाको सञ्चालन र प्रेम प्रसाद शर्माको अध्यक्षताबाट आगाडि बढेको सो सम्मेलनमा समाजका केन्द्रीय कोषाध्यक्ष मदन शर्माको प्रमुख अतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय सहसचिव तथा नगर अध्यक्ष क्षेत्रीय भद्र बहादुर थापा, नगर समितिका मनोज जिसी, क्षेत्रीय महिला बिभागबाट धनकुमारी केसी, क्षेत्रीय विद्यार्थी विभागबाट आलोक म्याकमिलन, क्षेत्रीय रक्तिम बिभागबाट सम्झना श्रीस थापा, महिला नगर बिभागबाट लक्ष्मि पौडेल लगायतको अतिथि आसनग्रहण पछि ज्ञात अज्ञात शहिदहरुप्रति एक मिनट मौनधारण पश्चात् रक्तिम कलाकारहरुले गितबाट स्वागत गर्नुभएको थियो । उपस्थित जनसमुदाय हरुलाई कृष्ण प्रसाद शर्माले शब्दबाट स्वागत गर्नुभएको थियो।
कार्यक्रमलाई उपस्थित जनमानसहरुको तालिको कतारमा प्रमुख अतिथि मदन शर्माले क्यान्डिल प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । उद्घाटन मन्तब्यमा भारतस्थित नेपालीहरुका हकहित र अधिकारको निम्ति मूल प्रवाहमा आबद्व नभएसम्म भारतस्थित नेपालीहरुको उद्वार उत्थान असम्भब रहेको बताउनु भयो ।
कुमारी थापा, श्रीप्रसाद शर्मा, बुद्विमान नेपाली, एकराज पौडेल, हरि पौडेल, खुमादेबि शर्मा, देबि रिजाल, गणेश परियार लगायतले सम्मेलन सफलताको शुःभकामना मन्तब्य राख्नु भएको थियो ।
हरि प्रसाद पौडेल चोवनाथ शर्म धर्मराज शर्माको निर्वाचन आयोगमा हरिप्रसाद पौडेलको अध्यक्षता र धर्मराज शर्माको सञ्चालन पछि । केन्द्रीय सदस्य चोबनाथ शर्माले नव निर्बाचित पाँचवटै एरियाका कार्यकारणि प्यान प्रस्तुत गर्नुभएको थियो ।
हरिपाड एरियाः
मेघ बहादुर पुनको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । जस्माः उपाध्यक्ष- कुमारी थापा, सचिव- नारायण शर्मा, सहसचिव- ओम सापकोटा, कोषाध्यक्ष- ओम बहादुर थापा, सदस्यहरुमाः धन बहादुर परियार, हरिलाल श्रीस, रिमा सापकोटा, तारा पुन, कुल बहादुर थापा र केशब थापा रहनुभएको छ ।
चेंगनानुर एरिया :
कृष्ण प्रसाद शर्माको अध्यक्षतामा १५ सदस्य समिति चयन भएको छ । उपाध्यक्ष- देबिरिजाल अधिकारी, सचिव- पुष्पादेबि शर्मा, सहसचिव- लक्ष्मि रिमाल, कोषाध्यक्ष- राजेश चालिसे, सदस्यहरुमाः जीवन पाण्डे, सुनिता ढकाल चालिसे, मिना खत्री, दिल्लिराम रिमाल, रमा शर्मा, दिपक पौडेल, अर्जुन पौडेल, नर्बदा घिमिरे, शिव प्रसाद सापकोटा र प्रम सिंह रहनु भएको छ।
चेट्टिकुलांरा एरिया :
बुद्विमान नेपालीको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ । उपाध्यक्ष- जितु नेपाली, सचिव- गणेश परियार, सहसचिव- शान्ति विक, कोषाध्यक्ष- दल बहादुर नेपाली, सदस्यहरुमाः रमेश विक, राजु बिष्ट, राम कुमार विक कौसिला परियार यमुना नेपाली गितु बिष्ट रहनु भएको छ।
माबेलिकरा एरिया :
खेमनाथ तिमिलसिनाको अध्यक्षतामा ११ सदस्य समिति चयन भएको छ। उपाध्यक्ष- श्याम खतिवडा, सचिव- ठाकुर कडेल, सहसचिव- धना सुनार, कोषाध्यक्ष- प्रेम खतिवडा, सदस्यहरुमाः श्याम पुन, प्रेम शर्मा, शँकर नेपाली, दिलिप गुरागाई, कृष्ण खड्का र खगेन्द्र शर्मा रहनु भएको छ।
कायम कुलम एरिया:
सेते तामाङको अध्यक्षतामा १७ सदस्य समिति चयन गरेको छ । उपाध्यक्ष- बालकृष्ण आचार्य, सचिव- दिल बहादुर राना, सहसचिव- रमेश किसान, कोषाध्यक्ष- श्रीप्रसाद थापा, सदस्यहरुमाः सम्झना श्रीस थापा, भिम बहादुर जिसी, आलोक म्याकमिलन, देब बहादुर नेपाली, मनोज जिसी, भद्र बहादु थापा, गणेश थापा, शिव नेपाली, धन बहादुर नेपाली, राजु बोहोरा, सरिता नेपाली र सुरेश सार्की रहनु भएको छ।
अतिथि हरसले नवनिर्बाचित कार्यकार्यणिहरुलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । त्यस्तै कृष्ण प्रसाद शर्माले सबै समितिको तर्फदेखि संगठनको विधि बिधान अनुशासन भित्र रहि आफ्नो पद प्रतिष्ठानको दुरुपयोग नगरी देश समाज र संगठनको नाममा प्रतिवद्वता गर्नुभएको थियो ।