दिपक विकले किन बसबाट हाम फाले

वठिण्डा । रोल्पा नगरपालिका ५ जेदवाङ निवासी जसे बिकका १९ वर्षिय छोरा दिपक बिकको पंजाबको बरनाला जिल्ला नजिक धनौलामा ३ अप्रेल २०२३ को दिन साँझ करिब ४ः१५ बजे दौडिरहेको बसबाट खसेर मृत्यु भएको छ ।

घटना पश्चात् मिलेको सुचना अनुसार मृतकका आफन्तहरु सहित मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति बठिन्डाले स्थलगत रिपोर्ट प्राप्त गरि घटनाको छानबिन गरि अर्को दिन ४ अप्रेलका दिन एकता मन्चका नेता कार्यकर्ताहरू सहितको वार्ता टोलीले मृतकको परिवारलाई एक लाख ५० हजार आर्थिक सहयोग दिलाइएको छ ।

स्मरण रहोस यस केसमा ठोस रुपमा मृतकको हकमा बयान दिने गवाह नभएको हुँदा र आफन्तको कमजोरीका कारणले आवश्यकता अनुसारको मुआब्जा नमिल्ने शंका उत्पन्न भएको बताइएको छ ।

विदेशका गल्लीहरुमा यसरी नेपाली नौजवानले किन बसबाट हाम फाले ? प्रश्न उठ्नु र स्वदेशमा रोजगारीको अभाव एवं स-साना घरेलु आवश्यकताको परिपुर्तिको लागि समेत पनि विदेशीन बाध्य हामी नेपालीहरुको दयनीय अवस्थालाई यस घटनाले उजागर गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार