खिमराज चालिसे
चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडीगढ नगर समितिको आयोजनामा जनजाति र समता समाजको ३७औं स्थापना दिवश देशसेवक भवनमा चंडिगढमा सम्पन्न गरिएको छ ।
कार्यक्रतामा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले सम्बोधन गर्दै जातीय मुक्ति आन्दोलन वर्गसंघर्षको एउटा रुप हो र जातिय मुक्ति आन्दोलनलाई वर्गीय आन्दोलनसँग नजोडि समाजको रुपान्तरण हुन नसक्ने धारणा राख्नुभएको थियो । सो सभामा मूल प्रवाह केन्द्रीय सल्लाहकार प्रेम आचार्य, विद्यार्थी संघ केन्द्रीय सदस्य बिष्णु बेल्बासे, रक्तीम विभागका केन्द्रीय सदस्य बिनु नेपाली, समताका पुर्व केन्द्रीय सदस्य राम बहादुर नेपाली, नगर अध्यक्ष मान बहादुर केसी, रक्तिम विभागका अर्जुन बिक, महिला विभाग नगर संयोजक माया आचार्य, क्षेत्रीय सदस्य सिमा खडका, नगर विभाग सदस्यहरु माया नेपाली, मञ्जु बिक, जीवा गुरुङ, विद्यार्थी नगर अध्यक्ष नारायण आचार्य र दिनेश रंजन लगाएतले मन्तव्य राख्नुभएको थियो ।
लिला विकको अध्यक्षता र तेज बहादुर रोकाको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सहभागिहरुलाई स्वागत थमन थापाले गर्नु भएको थियो ।