खिमराज चालिसे
चंडिगढ । भारतको हरियाणा राज्यको पञ्चकुला सेक्टर ६ बाट गत तिन मार्च २०२३ देखि फरार दाङ जिल्लाको घोराही -१७ की सुनिता बिक वर्ष ५१ को खोजतलासमा परिवारलाई मूल प्रवाहले सहयोग गर्ने भएको छ ।
दाङ जिल्लाको घोराहि नगरपालिका- १७ निवासी कमानसिंह विन्दुको श्रीमती सुनिता विक वर्ष ५१, गहुँगोरो वणर्, ५ फुट उचाई, आँखा टेडा भएकीले तिन मार्चको एटिएमबाट पैसा निकाल्दा हिमाञ्चल राज्यको सिमलाबाट निकालेको मैसेजको आधारमा उनि शिमलामा भएको आशंका गरिएको छ । सुनिता बिक कपिलबस्तुको शिवराज नगरपालीका ८ निवासी करणसिंह विकसँग फरार भएको उनका श्रीमान कमानसिंहले बताएका छन् ।
उनी भेटिएमा नजीकको मूल प्रवाहको कार्यालय वा कमानसिंह +९१९७७९१६८९८२, प्रेम आचार्य +९१९७७९००८७०२ मा खबर गरिदिन मूल प्रवाह चंडिगढले अनुरोध गरेको छ ।