खिमराज चालिसे
चंडिगढ । जिल्ला स्याङ्जा पिडीखोला ४ निवासी डिलाराम सुवेदी वर्ष ४७ घरमा श्रीमती र एक सात वर्षिय छोरा छोडी परस्त्रीसँग छिमेकी देश भारततिर फरार भएको उनको घर परिवारले बताएको छ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सल्लाहकार प्रेम आचार्यलाई परिवारले गराएको जानकारी अनुसार डिलाराम सुवेदी २०७९ चैत्र २५ गतेदेखि सम्पर्क बिहिन रहेका छन् । उनीहरु दिल्लीको कुनै होटलमा काम गरिरहेको शंका छ ।
५.५ फुट उचाइ गहुँगोरो वणर् भएका निज डिलाराम सुवेदीलाई भेटाएमा भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा अथवा नेपालमा राजमो कार्यालय एवं सरीता सुवेदी +९७७-९८६७०८७११४ र चण्डीगढ प्रेम आचार्य ९७७९००८७०२ मा खबर गरिदिन अनुरोध गरिन्छ ।