चेन्नई पुर्व नगर समितिद्धारा ऐक्यबद्वता सभा सम्पन्न

चेन्नई पूर्व । राष्ट्रिय जनमोर्चाको देशब्यापि साम्राज्यबादी गतिविधि बिरुद्वको कार्यक्रमप्रति ऐक्यबद्वता जनाउँदै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पुर्व नगर समितिले सभा सम्पन्न पारेको छ ।

सुर्य प्रसाद भुसालको अध्यक्षता र बिमल बहादुर लामिछानेको सञ्चालन पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा अमेरिकी साम्राज्यबादको बढ्दो गतिविधिका विरुद्ध सम्पूणर् देशभक्त जनतान्त्रिक शक्तिहरुले भण्डाफोरमा लाग्नु पर्नेमा जोड दिनु भयो ।

पुर्व नगर सदस्य प्रथम बहादुर रोका, महिला नगर बिभागका रिता भुसाल र समन्चेरी एरियाका राजेश केसीले पनि ऐक्यबद्वता सभामा मन्तव्य दिनुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई बाबुराम सापकोटाले शब्दबाट स्वागत गर्नुभयको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार