कोटी प्रसाद पोखरेल
चेन्नई । अन्तर्राष्ट्रिय एकताको लागि नेपालीको मञ्च चेन्नई उत्तर नगर समिति र पश्चिम नगर समितिको संयुक्त आयोजनमा १५४औं लेनिन दिवश र ७५औं पार्टी स्थापना दिवश मनाइएको छ ।
चेन्नई पश्चिम नगर समितिका अध्यक्ष बुद्धिराम पौडेयलको अध्यक्षता चेन्नई उत्तर नगर समितिका सचिव कोटी प्रसाद पोखरेलको सञ्चालनबाट अगाडि बढेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका माहासचिव कुल बहादुर थापाको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै केन्द्रीय सदस्य केशमान नेपाली, दक्षिण भारत क्षेत्रीय सदस्य कशिराम शर्माको अथिती आसन ग्रहण पछि ज्ञात अज्ञात सहितहरुप्रति एक मिनेट मौनधारण गरिएको थियो । उपस्थीत जनमानसलाई पश्चिम नगर समितिका सदस्य प्रकाश बहादुर नेपालीले शब्दबाट स्वागत गर्नु थियो ।
प्रमुख अथिती महासचिव कुल बहादुर थापाले लेलिनको बारेमा र पार्टी स्थापना दिवशको बारेमा स्पष्ट पार्नुभएको थियो । ‘लेनिनले विश्वका मजदुरहरुका बारेमा गरेको आन्दोलनले अहिले पनि श्रमजिवी वर्गलाई आफ्नो मुक्तिका लागि संघर्ष गर्नु पर्ने प्रेरणा प्रदान गरिरहेको छ।’ थापाले भन्नु भयो- ‘कतिपय महत्वाकांक्षी व्यक्तिहरूले लेनिनको विचारलाई तोडमोड गर्ने गरेर आरनो फाइदा लिनका लागि कसरत गरिरहेका छन्, उनीहरु महत्वाकांक्षा कै कारण समाप्त हुनेछन् ।’ त्यस प्रकारका व्यक्तिहरु र संस्थाहरुले लेनिनको विचारको अपमान गरेको थापाको थप भनाई थियो ।
पार्टीको स्थापना दिवसको बारेमा बोल्दै थापाले भन्नु भयो- ‘कलकतामा स्थापना गरिएको नेकपा आज आम नेपाली जनताको विश्वासमा रहेको छ, तर हालका दिनमा आफूलाई कम्यूनिष्ट भनेर कम्यूनिष्ट पार्टीका झण्डा ओडी कम्यूनिष्ट पार्टीको नीति विरुद्ध गतिविधि गर्नेहरुले नेपाली जनतालाई भ्रमित गर्न भएता पनि त्यो अन्योलता संधै रहने छैन ।’ थापाले अगाडि भन्नु भयो- ‘नेपाली श्रमजिवीहरुका समस्या सम्बोधन गर्नका लागि गठन भएको नेकपालाई आज विभिन्न खाले अवसरवादी तत्वहरुले दूरुपयोग गर्ने कोशिस गरिरहेका छन् ।’ यो अवस्थामा नेपालका सच्चा क्रान्तिकारीहरु एक भई नेकपाको गरि, लक्ष्य, उदेश्य पुरा गर्न अगाडि आउनु पर्ने आवश्यकता बढेको थापाको थप भनाई थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य केशमान नेपाली र क्षेत्रीय सदस्य काशीराम शर्माले समेत मन्तव्य राख्नु भएको थियो ।