पाण्डिचेरी, २२ अप्रिल । पाण्डिचेरी नगरमा लेनिन जयन्ती र ने.क.पा स्थापना दिवश कार्यक्रम अन्तर्राष्ट्रिय एक्यबद्धताको लागि नेपाली जनताको मंचको आयोजनामा भव्यरुपमा सम्पन्न भएको छ ।
डिल्ली प्रसाद शर्माको अध्यक्षता, बिष्णु कुमारी शर्माको सञ्चालन, कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य तथा दक्षिण भारत क्षेत्रीय सचिव जनक राज पौडेल, केन्द्रीय सदस्य भगवति कूवँर, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, क्षेत्रीय सदस्य साथै चितम्बरम् नगर सदस्य हेम बहादुर गन्धर्वको आथित्यता रहेको थियो।
शहिदहरुको सम्मानमा एक मिनेट मौनधारण पछि उपस्थिति जनमानसलाई नगर सदस्य गम बहादुर विकले शब्दद्धारा स्वागत गर्नु भएको थियो । नगर सदस्य विनोद गायकले कार्यक्रमलाई शुभकामना दिनु भएको थियो ।
अथितिहरुले सर्वहारा बर्गका महान नेता लेनिनको योगदान लेनिनबादी संगठनात्मक सिद्धान्त र नेपाल कम्यूनिष्ट पार्टीको स्थापना र औचित्यता र साथै बर्तमान देशको राजनिति परिस्थिति बारे धारणा राख्नु भएको थियो।