रोपड । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुदूरपश्चिमोत्तर क्षेत्रको रोपड नगरबाट मूल प्रवाहका तीन जना नेताहरुलाई स्वदेश बिदाइ गरिएको छ । एरिया सदस्य यज्ञप्रसाद सापकोटा र महिला सदस्य मायादेवी सापकोटा एवम् एरिया सदस्य कृष्णबहादुर केसीलाई संगठनले सम्मानसहित बिदाइ गरेको हो ।
यज्ञप्रसाद सापकोटाले १९९१ देखि मूल प्रवाहको सदस्यता लिएर निरन्तर सक्रिय रुपमा काम गर्दै आउनु भएको छ भने कृष्णबहादुर केसीले २०२१ देखि एरिया स्तरमा सक्रियता पूर्वक काम गरिरहनु भएको छ ।
उहाँहरु आ–आफनो जागीरबाट सेवानिवृत्त भएपछि स्वदेश जाने इच्छा अनुरुप बिदाइ गरिएको हो।
उहाँहरु तीनैजनालाई मूल प्रवाहका केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले नगर समितिको तर्फबाट स्मृतीचिह्न तथा प्रसंशा पत्र प्रदान गर्नु भएको थियो । उहाँले बिदाइ भएका व्यक्तिहरुलाई शुभकामना दिँदै वर्गीय मुक्ति आन्दोलनमा देशभित्र पनि अझै सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गर्नु भयोे।
सभामा विचार राख्ने अन्य वक्ताहरूमा मूल प्रवाहका केन्द्रीय परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्यहरु छविलाल सापकोटा, शिवलाल लामिछाने, महिला क्षेत्रीय संयोजक सीता सापकोटा, सदस्य मन्जु थापा, खगी थापा, रुपा कार्की, तुल्सी थापा, दुर्गा लामिछाने, प्रतिक्षा थापा, प्रजापति सापकोटा, राधिका सापकोटा, जगन्नाथ कँडेल लगाएत हुनुहुन्थ्यो।
कार्यक्रम ओमप्रकाश सापकोटाको अध्यक्षता तथा बिलबहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको हो।
यज्ञप्रसाद सापकोटा नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नम्बर १४ निवासी हुनुहुन्छ । त्यसैगरि कृष्णबहादुर केसी रुपन्देही जिल्लाको सैनामैना नगरपालिका वडा नम्बर ३ निवासी हुनुहुन्छ ।