मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रभरि दशौं सम्मेलन सन्देश सभा सम्पन्न

खिमराज चालिसे, 
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सुदूर पश्चिमोत्तर क्षेत्रभरिका नगर समितिमा सन्देशसभा सम्पन्न गरेको छ ।

गत अप्रिल २९–३० (२०२३) मा “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि सङ्घघर्ष गरौँ, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि सङ्गठित बनौँ” मूल नाराका साथ अम्बालामा सम्पन्न दसौँ क्षेत्रीय सम्मेलनले दिएको निर्देशनलाई दृढतापूर्वक कार्यान्वयन गर्न र सक्रियतापूर्वक लाग्ने गरी नगर समितिको आयोजनामा आइतबार ( १४ मे) का दिन सन्देशसभा सम्पन्न गरिएको हो ।

हिसार

एकता समाज हिसार नगर समितिको आयोजनामा दशौँ सुदूरपश्चिमोत्तर क्षेत्रीय सम्मेलन सन्देश सभा सम्पन्न भएको छ।

सभामा मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य एंव नेपाली समाचारका सहसम्पादक धनबीर पुनले सम्बोधन गर्दै साम्राज्यवादी चलखेल विरुद्धको संघर्ष तथा राष्ट्रियताको रक्षाको लागी पहल प्रमुख आवश्यक्ता भएको बताउनु भएको थियो।

नेता पुनले प्रवासी नेपालीहरुको हंक अधिकार रक्षाको निमीत्त कार्यकर्ताहरुले संगठन निर्माणमा अझै शशक्त रुपमा लाग्नु पर्ने पनि धारणा राख्नु भएको थियोे।

त्यस्तै, मूलप्रवाहका वैकल्पीक केन्द्रीय सदस्य तारा सोमरे, केन्द्रीय परिषद सदस्य केहर सिंह घर्तीमगर, क्षेत्रीय सदस्य सुरेश क्षेत्री, लालबहादुर चुदाली, ओम प्रकाश तिवारी, महिला विभाग क्षेत्र सेती राना, मलेसिया नेपाली एकता समाजका पूर्व अध्यक्ष थमन बिसी, अखिल नेपाल कानुन व्यवसायीक संघकी सदस्य प्रत्तिभा रोका, महिला नगर संयोजक सीता पोख्रेल, रक्तिम विभागका दिपा लम्तरी, जनजाती विभागका योगेन्द्र दर्लामी लगाएत हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि धनबीर पुनले अधिवक्ता प्रतिभा रोकालाई मूल प्रवाहको सदस्यता दिएर संगठनमा प्रवेश गराउनु भएको थियो ।

कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षतामा तथा नारायण बिकको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत बिष्णु गौतम र कलाकारहरुले गर्नु भएको थियो।

श्रीगंगानगर
एकता समाज श्रीगंगानगर नगर समितिको आयोजनामा संदेश सभाको कार्यक्रम सम्पन्न भएको छ।

सभामा मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले सम्बोधन गर्दै ऐतिहासीक दशौं क्षेत्रीय सम्मेलनले जिम्वेवारी सबै कार्यक्रताहरुले एकजुट हुदै निभाउन समेत आव्हान गर्नु भएको थियोे।

मूल प्रवाह केन्द्रीय सचिव त्रिभुवन भट्टराइ, केन्द्रीय सदस्य कृष्ण जीसी, क्षेत्रीय सदस्यहरु हुम बहादुर विक, जागेश्वर न्यौपाने, विष्णु थापा, महिला क्षेत्रीय सदस्यहरु बसन्ता नेपाली, कमला खडका, बाग्मती केसी, नगर उपाध्यक्ष बालाराम उपाध्याय, एरियाबाट राजेस न्यौपाने, विद्यार्थी संघबाट आरती नेपाली र कृष्ण नेपाली लगाएतले सम्बोधन गर्नुभएको थियो ।

गिरु प्रसाद न्यौपानेको अध्यक्षतामा तथा प्रेम बहादुरको सञ्चालनमा सम्पन्न भएको हो भने कार्यक्रममा स्वागत हुम बहादुरले गर्नु भएको थियो।

रोपड


रोपड नगर समितिको आयोजनामा पनि क्षेत्रीय सम्मेलनको सन्देश सभा सम्पन्न भएको छ।

सभामा मूल प्रवाहका केन्द्रीय सचिव तथा क्षेत्रीय अध्यक्ष प्रेम सापकोटाले सम्बोधन गर्दै क्षेत्रीय सम्मेलनले दिएको जिम्वेवारीलाई सबैले पालना गर्नु पर्ने धारणा राख्नु भएको थियोे।

मूल प्रवाह केन्द्रीय परिषद सदस्य मदन थापा, क्षेत्रीय सदस्यहरु छबीलाल सापकोटा, शिवलाल लामीछाने, महिला क्षेत्रीय संयोजक सिता सापकोटा, सदस्य मन्जु थापा, खगी थापा, रुपा कार्की, तुल्सी थापा, दुर्गा लामीछाने, प्रतिक्षा थापा, प्रजापति सापकोटा, राधिका सापकोटा, जगन्नाथ कँडेल लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम ओम प्रकास सापकोटाको अध्यक्षतामा तथा बिलबहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत लाल बहादुर थापाले गर्नु भएको थियो।

जालन्धर


जालन्धर नगर समितिको आयोजनामा दशौं क्षेत्रीय सम्मेलनको सन्देश सभाको कार्यक्रम सम्पन्न भएको छ।

सभामा प्रमुख अतिथि मूल प्रवाह केन्द्रीय सदस्य कुल बहादुर बगाले, केन्द्रीय सदस्य धन बहादुर गोर्खाली, महिला केन्द्रीय सदस्य शुष्मा खड्का, क्षेत्रीय सदस्य मीना बगाले, महिला सदस्यहरु मायाँ परियार, लक्ष्मी थापा, शान्ता चौधरी, कविता थापा, बसन्ता खत्री, इन्दिरा कुँवर, रोशनी बस्याल, हरिकला बगाले, निर्मला पाण्डे, मनिषा थापा, नगर सदस्यहरु राम बहादुर दर्लामी, विवेक सारु, अञ्जली थापा, चन्द्र बस्याल, तिल बहादुर थापा, सन्तोषी थापा र विनोद परियार लगायतले सम्बोधन गर्नुभएको थियो ।

जितमान थापाको अध्यक्षतामा तथा लक्ष्मण खड्काको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत लक्ष्मण केसीले गर्नु भएको थियो।

चंडिगढ


चंडिगढ नगर समितिको आयोजनामा दशौँ सुदूरपश्चिमोत्तर क्षेत्रीय सम्मेलन संदेश सभाको सम्पन्न भएको छ।

सन्देश सभामा मूल प्रवाहका केन्द्रीय सदस्य दिनेश खडकाले सम्बोधन गर्दै क्षेत्रीय सम्मेलनले जनताको सुख दुखमा घनिभूत भएर सहभागी हुँदै न्याय र हंकको लागी निरन्तर क्रियाशिल रहन निर्देशन गरेको बताउनु भएको थियोे।

मूल प्रवाह केन्द्रीय सदस्य तिलक पौड्याल, केन्द्रीय सदस्य एंव नेपाली समाचार संयोजक खिमराज चालिसे, विद्यार्थी केन्द्रीय सदस्य बिष्णु बेल्बासे, जनजाती विभागका प्रेम गुरुङ, समता विभागका दुर्गा विक, रक्तीम विभागका अर्जुन विक, लिला विक, महिला नगर संयोजक माया आचार्य, क्षेत्रीय सदस्य सिमा खडका, बिष्णु अर्याल, विद्यार्थी नगर सचिव राम पन्थी, वाल विभागका सन्दिप बिक लगाएतले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम थमन थापाको अध्यक्षतामा तथा थानेश्वर पान्डेको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत पुरन थापाले गर्नु भएको थियो।

बठिन्डा


बठिन्डा नगर समितिको आयोजनामा दशौँ सुदूरपश्चिमोत्तर क्षेत्रीय सम्मेलन संदेश सभाको कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख अतिथि मूल केन्द्रीय सदस्य नर बहादुर ओली, नगर सदस्यहरु गणेश पोख्रेल, नारायण केसी बालाराम जिसी र रोल्पाली सेवा समाजका तर्फबाट नर बहादुर मर्माठा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम टेक बहादुर केसीको अध्यक्षतामा तथा गिरी बहादुर मगरको सञ्चालनमा सम्पन्न भएको हो । सभामा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण पछि तुल्सा थापाले स्वागत गर्नु भएको थियो।

डेराबस्सी


एकता समाज डेराबस्सी नगर समितिको आयोजनामा दशौँ सुदूरपश्चिमोत्तर क्षेत्रीय सम्मेलन संदेश सभाको कार्यक्रम सम्पन्न भएको छ।

सभामा प्रमुख अतिथि मूल केन्द्रीय सदस्य दिनेश खडका क्षेत्रीय सदस्य काजीमान राई र नगरका कुमार भुजेल, जयन्ती लुईटेल लगाएतले सम्बोधन गर्नभएको थियो ।

श्याम कुमार धिमालको अध्यक्षतामा तथा दिलमाया लुईटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो भने स्वागत संजय बिकले गर्नु भएको थियो।

अम्बाला


एकता समाज अम्बाला नगर समितिको आयोजनामा क्षेत्रीय सम्मेलनके संदेश सभा सम्पन्न भएको छ।

सभामा मूल प्रवाहको दशौं सम्मेलन र आफनो कर्त्तव्य सम्वधमा विचार राख्ने वक्ताहरुमा देबिराम शर्मा, धन बहादुर खडका, बिष्णु साफकोटा, अन्जु सुबेदी र सोभा रसाईली लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम लक्ष्मण अर्यालको अध्यक्षतामा तथा बाबुराम भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत प्रेम रसाईलीले गर्नु भएको थियो।

संगरुर


संगरुर नगर समितिको आयोजनामा संदेश सभा सम्पन्न भएको छ।

सभालाई लक्ष्मी खनाल, पार्वती विरकेटा, लक्ष्मी विष्ट, विष्णा बस्नेत, लक्ष्मी परियार, सिता आचार्य, ममता भुसाल, रुमा भुसाल, अमृता खनाल, गंगा आचार्य, भिमा थापा, पवित्रा वस्याल, मन्जु शर्मा, मनिषा गोतामे, शिला खनाल, कृष्णा वस्याल, शान्ती बोहरा लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम खेमराज पोख्रेलको अध्यक्षतामा तथा नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत धन बहादुर बिकले गर्नु भएको थियो।

लुधियाना


लुधियाना नगर समितिको आयोजनामा सन्देश सभा सम्पन्न भएको छ।

उक्त सभालाई सम्वोधन गर्ने वक्ताहरुमा मूल प्रवाह केन्द्रीय परिषद सदस्य उदैसिंह चन्द, क्षेत्रीय सदस्य चक्र सिंह, अर्जुन कार्की, कैलास खडका, नगरका नेताहरु नरेन्द्र, माधव भण्डारी, दिपा चन्द, बसन्ती थापा, मिना दर्लामी, अन्जली परियार, सन्तु सुनार, बनिता थापा, मनिषा लगाएत हुनुहुन्थ्यो।

कार्यक्रम बल बहादुर केसीको अध्यक्षतामा तथा गोविन्द परियारको सञ्चालनमा सम्पन्न भएको हो।

बिकानेर


बिकानेर नगर समितिको आयोजनामा पनि दशौँ सुदूरपश्चिमोत्तर क्षेत्रीय सम्मेलनको संदेश सभा सम्पन्न भएको छ।

उक्त सभामा सम्मेलनको ऐतिहासीक महत्वबारे कमला पाण्डे, सबिता शर्मा, बल बहादुर रमतेल र पारस पराजुली लगाएतले सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रम लोक बहादुर पाण्डेको अध्यक्षतामा तथा राम प्रसाद पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो भने स्वागत देवकरण खनालले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार