छैंठौं पश्चिम भारत क्षेत्रीय सम्मेलन भव्यरुपमा वापीमा सम्पन्न

वापी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समितिको छैठौं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको समुद्घाटन राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले गर्नुभएको थियो । शर्माले उद्घाटन मन्तव्यमा राष्ट्रलाई साँचो मायाँ गर्ने र सेवा गर्ने व्यक्तिहरुको देशमा खाँचो भएको बताउनु भयो ।

‘देशमा अहिले अमेरिकी साम्राज्यवाद तथा प्रतिगामी तत्वहरुको अघोषित एकताले गणतन्त्र, संविधान र धर्मनिरपेक्षता खतरामा परेको छ ।’ शर्माले भन्नु भयो- ‘देशीय तथा विदेशी शक्तिहरुबाट राष्ट्र र राष्ट्रियता माथि नै खतरा पैदा भएकोले विगतको तुलनामा वर्तमानमा राष्ट्रलाई साँचो मायाँ गर्ने र सेवा गर्ने व्यक्तिहरुको खाँचो झनै बढेर गएको छ ।’

‘नेपालमा चल्ने राजनीतिक आन्दोलनहरुलाई प्रवासी नेपालीहरुको विगतमा धेरै योगदान रहँदै आएकोले वर्तमानमा पनि त्यो योगदानको खाँचो कमि छैन ।’ भन्दै शर्माले अगाडि भन्नु भयो- ‘नेपालमा गणतन्त्र, संविधान र धर्मनिरपेक्षता जस्ता कैयौं परिवर्तनहरुमा प्रवासी नेपालीहरुको अतुलनीय योगदान रहेता पनि देशका ठूला राजनीतिक दलहरुका महत्वाकांक्षी प्रवृत्तीका कारण परिवर्तनहरुको संरक्षण हुन सकिरहेको छैन ।’

वेद बहादुर कार्कीको अध्यक्षता र धुर्व न्यौंपानेको सञ्चालनबाट अगाडि बढेको सो उद्घाटन समारोहमा सहभागिहरुलाई कृष्ण कुँवरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, रमकला काउछा, श्रीधर शर्मा, केन्द्रीय सल्लाहकार मोहन वस्नेत, साँस्कृतिक विभागबाट हरिसिंह काउछा, जनजाति विभागबाट प्रविण सिंह काउछा, महिला विभागबाट विना काउछा लगायतको आतित्थ्यता रहेको थियो ।

दोश्रो दिन सम्पन्न घोषणा सभाको अध्यक्षता सुरेन्द्र रानाले र सञ्चालन मोहन बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा सहभागिहरुलाई प्रविण सिंह काउछाले स्वागत गर्नुभएको थियो । रक्तिमका कलाकारहरुले गित तथा संगितद्धारा सहभागिहरुलाई स्वागत गरेका थिए ।

सम्मेलनले वेद बहादुर काकीको अध्यक्षतामा ३३ पूर्ण ११ वैकल्पिम र ११ सल्लाहकार गरि ५५ सदस्यीय पश्चिम भारत क्षेत्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष- बाबुराम दहित, सचिव- कृष्ण बुँवर, सहसचिव- हरिसिंह काउछा र कोषाध्यक्ष- हरिकुमार गिरी रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः धुर्व न्यौंपाने, प्रविण सिंह काउछा, गन बहादुर राना, धमेन्द्र लामा, निखिल रावत, सविना कुँवर, पूर्ण विक, प्रकाश जनाला, शेर बहादुर विक, शेर बहादुर आउजी, विष्णु मायाँ शर्मा, शोभा धामी, भुवन धामी, देवेन्द्र रावल, सुरेन्द्र राना, मान बहादुर थापा, गणेश चन्द, रविन्द्र विष्ट, टेक बहादुर वर्मा, रोहित शाह, प्रेम चलाउने, चन्द्र विक, जीतु ठकुल्ला, दान बहादुर मगर, यमबहादुर तरामी, जगत जोशी, सविन चौधरी वैकल्पिक सदस्यमा : नगेन्द्र गुरुङ, किशोर ताम्राकार, चानस विष्ट, प्रेम काकी, उपेन्द्र बुढाथोकी, दुर्गा राना, गोपाल बस्याल, दिपेश लिम्बु, विकास परियार र मान बहादुर शाही रहनुभएको छ ।

त्यस्तै सम्मेलनले विना काउछा, चेतनाथ ढकाल, दिनेश गिरी, देवराज जोशी, विन बहादुर रेग्मी, आशाराम चौधरी, निरज थापा, विनोद उपाध्याय र नविन शर्मालाई सल्लाहकार चयन गरिएको छ । पूर्ण एक, वैकल्पिक एक र सल्लाहकारमा दुई स्थान रिक्त राखिएको छ । नयाँ समितिको घोषणा केन्द्रीय सदस्य गोविन्द बहादुर थापाले गर्नुभएको थियो ।

त्यस्तै विष्णु मायाँ शर्माको संयोजकत्वमा ३१ सदस्यीय महिला क्षेत्रीय विभाग पनि चयन गरिएको । सदस्यहरुमा क्रमशः मायाँ बस्नेत, टिक गैरे, सविना कुँवर, शान्ति तिरुवा, लक्ष्मी ताम्राकार, गिता बस्याल, सुस्मीता गिरी, केशरी थारु, इन्द्र सोनी, दिव्या नाथ, पुतली कुँवर, भारु वेन, सिता थापा, शोभा धामी, सुनीता कोली, विमला शर्मा, श्रीजना थापा, लक्ष्मी कुँवर, पवन खड्का, दिव्या जोशी, देवीकला परियार, विना काउछा, देवीका रावल, दुर्गा राना, अमृता विक, दिपीका आहुजी, सोनु देउवा, अग्नी चौधरी, दूतकला विष्ट, रिता थापा, अरुना लेप्चा र एक स्थान रिक्त । जसको घोषणा मूल प्रवाहका केन्द्रीय सदस्य रमकला काउछाले गर्नुभएको थियो ।

घोषणा सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्माको प्रमुख आतित्थ्यता रहेको थियो । त्यस्तै मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय उपाध्यक्ष प्रेम पौडेल, केन्द्रीय सचिवालय सदस्य धनवीर पुन, केन्द्रीय सदस्य गोविन्द थापा, रमकला काउछा, श्रीधर शर्मा, श्याम त्रामु, टंक कुँवर, केन्द्रीय साँस्कृतिक विभागबाट वोम सिंजापति, महिला मध्य पश्चिम भारत क्षेत्रीय विभागकी संयोजक रेणुका कुँवर लगायतको आतित्थ्यता रहेको थियो ।

नवनिर्वाचितहरुलाई जनकराज शर्मा, ठाकुर खनाल, ठाकुर खनाल, गोविन्द बहादुर थापा, श्याम त्रामु, बोम सिंजापति र रेणुका कुँवरले बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

रक्तिमका कलाकारहरुले भव्य साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार