चंडिगढ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको हरियाणाको अम्बालामा एरिया समिति गठन भएको छ ।
सुदूर पश्चिमोत्तर क्षेत्रको अम्बाला नगर समिति अन्तर्गत बलदेब नगरमा एरिया समिति गठन भएको हो ।
नगर सचिव बाबुराम भुसालको पहलमा तथा क्षेत्रीय सदस्य प्रेम रसाली, सल्लाहकार लक्ष्मण अर्याल, नगर अध्यक्ष कमल सुवेदी, महिला कार्यक्रताहरु अन्जु सुवेदी, सोभा रसाली, सिता नेपाली, बिमला महरा लगाएतको विषेश उपस्थितमा आयोजित भेलामा मूल प्रवाहको विधान तथा समसामयिक विषयमा छलफल पछि एरिया समिती गठन गरिएको छ।
सम्पन्न भेलाले रामप्रसाद बस्यालको अध्यक्षतामा सात सदस्यीय एरिया समिति गठन गरेको छ। जस्मा उपाध्यक्ष भिम केसी, सचिव हरि सिंह, सहसचिव दिवाकर अधिकारी र कोषाध्यक्ष बिष्णु सापकोटा चयन हुनुभएको छ । सदस्यहरुमा विनोद नेपाली र हाललाई एक स्थान रिक्त राखिएको छ ।