मूल प्रवाहद्धारा बेंगलोरमा प्रशिक्षण कार्यक्रम सम्पन्न

  • धर्म पहरी

बैंगलोर, ११ जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बैंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

प्रशिक्षण कार्यक्रम ओम बहादुर दाहालको अध्यक्षता तथा दान बहादुर पहरीको सञ्चालन पछि अतिथिहरुको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण गरिएको थियो । कार्यक्रममा सहभागिहरुलाई शब्दद्वारा रमेश बिकले र रक्तिम सांस्कृतिक कलाकारद्वारा सांगितिक कोशेलीद्धारा स्वागत गर्नु भएको थियो ।

मूल प्रवाहका केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा, जनकराज पौडेल, नरेश कुमार बिक, दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ बिक, सदस्य धर्म पहरी, ओम बहादुर दाहाल, मान बहादुर बिक, परमानन्द खडायत, राजमो केन्द्रीय सदस्य मञ्जु परियार, राजमो डडेलधुरा जिल्ला अध्यक्ष तथा सुदुरपश्चिम प्रदेश सदस्य चन्द्र देव विक, राजमो प्युठान नगरपालिका ३ का बस्नेत टोलबाट सरस्वति केसी, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य जय बहादुर विकको आतिथ्यता रहेको थियो ।

प्रशिक्षक केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले एकता समाज स्थापना कालदेखि हालसम्मको इतिहास बारे र जनकराज पौडेलले देशको तत्कालिन समसामयिक राजनीति बिषयमा सहभागी सम्पूणर्लाई स्पष्ट गर्नुभएको थियो । कार्यक्रममा धन्यबाद मन्तब्य उत्तर नगर समितिबाट चक्र बहादुर रावल दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार